काठमाडौं – सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) कृष्ण ढकालले भोटेकोशी बाढीको उद्धार तथा व्यवस्थापनका क्रममा तीनवटै सुरक्षा निकायबीच प्रभावकारी समन्वय भएको बताएका छन् ।

शुक्रबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको भोटेकोशी एवम् कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा उनले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीबीचको अन्तरनिकाय समन्वयमा कुनै किसिमको दुविधा वा समस्या नरहेको स्पष्ट पारे ।


ADVERTISEMENT

#


सुरक्षा निकायबीच समन्वयको समस्या नभई क्लस्टरगत समन्वयलाई थप प्रभावकारी बनाइएको उनको दाबी थियो।

त्यस्तै, भोटेकोशी बाढीका बेला ठूलो परिमाणमा राहत सामग्री प्रभावित क्षेत्रमा पुर्‍याउन ड्रोनभन्दा हेलिकप्टरको क्षमता बढी उपयोगी भएको उनले जानकारी दिए ।


ADVERTISEMENT

#
#


बैठकमा समिति सदस्यहरूले सम्भावित विपद्को जोखिम न्यूनीकरण तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन सुरक्षा निकायलाई आवश्यक आधुनिक प्रविधि र उपकरणसहित तयारी अवस्थामा राख्नुपर्नेमा जोड दिएका थिए।