काठमाडौँ– चलचित्र ड्रिम्सबाट नेपाली सिनेमा नगरीमा उदाएकी नायिका साम्राज्ञी राज्यलक्ष्मी अभिनित फिल्म ‘ए मेरो हजुर २’ को गीत सार्वजनिक भएको छ । पहिलो पिल्मबाट नै चर्चाको शिखरमा चुलिएकी साम्राज्ञी अभिनित ‘ए मेरो हजुर २’ को ‘कसम हो’ बोलको उक्त गीतमा बोल्ड देखिएकी छिन् ।


ADVERTISEMENT


गीत सार्वजनिक भए लगत्तै उनी हाल चर्चामा रहेकी छिन् । यस गीतमा साम्राज्ञीसंग नव अभिनेता सलिनमान बानियाँको जोडि पनि उत्तिकै मिलेको देखिन्छ । फिल्मको अघिल्लो भाग ‘ए मेरो हजुर’मा स्व. श्रीकृष्ण श्रेष्ठ र झरना थापाले अभिनय गरेका थिए । जुन निकै सफल भएको थियो । यसपाली भने उनै झरनाले सिक्वेल ‘ए मेरो हजुर २’ बनाएकी छिन् । जुन आउँदो भदौ १६ गते रिलिज हुने भनिएको छ ।


ADVERTISEMENT

# # #


 

युट्युबमा हाल यो गीतले निकै दर्शक कमाइरहेको छ । गीत २४ घण्टामा करिब साढे चार लाखले हेरेका छन् । सिनेमा हलमा दर्शकले कती साथ दिने हुन् , त्यो त फिल्म रिलज भएपछि थाहा हुने छ ।

फिल्म मुस्ताङ, तिलिचो ताल लगायतका रमणिय स्थानमा चलचित्र छायांकन गरिएको छ । फिल्ममा साम्राज्ञी तथा सलिनका अलावा सलोन बस्नेत, अजश्र ढुंगाना, अम्बर सुबेदी, अनुभव रेग्मी, बुद्धि तामाङ, सुमन पौडेल तथा अनुराग मान सिंह कुँवरको अभिनय रहेको छ।

भिडियो हेर्न तलको बक्समा क्लिक गर्नुहोस् ।