काठमाडौँ– बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर २ शक्तिनगरका एक युवकले पेट्रोल छर्किएर आगो लगाउँदा उनका दुई वर्षीय छोराको मृत्यु भएको छ । स्थानीय ३० वर्षीय भानुभक्त विकले घरायसी विवादमा आइतबार पराह्न पाँच बजेतिर श्रीमती गंगा र छोरा प्रिन्सलाई पेट्रोल छर्किएर आगो लगाएका थिए ।


ADVERTISEMENT


आगलागीबाट उद्धार गरी भेरी अस्पताल नेपालगञ्जमा उपचार गराइरहेका प्रिन्सा आज बिहान ६ बजेर २० मिनेटमा मृत्यु भएको हो । आगलागीबाट गंगा पनि गम्भीर घाइते भएकी छन् । उनी हाल सोही अस्पतालमा उपचाररत छन् । घाइते गंगाको घाँटी र ढाड जलेको छ ।


ADVERTISEMENT

# # #


घटनापछि भागेका भानुभक्तलाई प्रहरीले भारतको दिल्लीतर्फ भाग्दै गरेको अवस्थामा गएराति साढे १ बजेतिर नियन्त्रणमा लिएको छ । उनीमाथि कारबाही प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।

कोहलपुर नगरपालिकाकी उपमेयर संगीता सुवेदीका अनुसार भानुभक्तले एक वर्ष अगाडिदेखि नै श्रीमती गंगालाई कुटपिट गर्दथे । आइतबार पनि बिहानैदेखि दुई जनाबीच झगडा भएको थियो ।