काठमाडौँ – लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडको हकप्रद शेयर लागि निष्काशन तथा विक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेण्ट बैकिङ्ग लिमिटेड नियुक्त भएको छ ।


ADVERTISEMENT


लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले साविकका शेयरधनीलाई ०.८८४५१६८ को अनुपातमा हकप्रद शेयर जारी गर्दैछ । त्यसका लागि प्रति शेयर १ सय रुपैयाँका दरको २ करोड ३४ लाख ६८ हजार कित्ता शेयरको हुने रु. २ अर्ब ३४ हजार ६८ लाख रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन तथा विक्रीका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त भएको हो ।


ADVERTISEMENT

# # #


लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडको कार्यालय पुतलीसडक, काठमाडौँमा आइतबार आयोजित एक समारोहकाबीच धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक सम्बन्धी सम्झौता भएको हो । सम्झौतापत्रमा नेपाल एसबीआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारी र लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद दासले हस्ताक्षर गरेका छन्

नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड नेपाल एसबिआई बैक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।