काठमाडौँ – प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले समाजलाई अग्रगति दिने उद्देश्यलाई पूरा गर्न सबै मिलेर अघि बढ्नुपर्ने बताएका छन् ।


ADVERTISEMENT


सोमबार सिंहदरबारमा सञ्चारकर्मीसंगको छलफलका क्रममा सभामुख घिमिरेले संसदको भूमिका समाजलाई अग्रगति दिने उद्देश्यलाई पुरा गर्ने भएकाले यसमा सञ्चारजगत लगाएत सबै मिलेर अघि बढ्नुपर्ने बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले विभिन्न ऐन निर्माण गर्ने विधेयकमा छलफल वा नयाँ केही निर्णय गर्ने विषयमा पनि आफु समझदारीमा नै अघि बढ्ने धारणा राखे । देश निर्माणका लागि यसअघि गरिएका प्रयत्नहरुलाई पनि आत्मसाथ गर्दै अघि बढ्नुको विकल्प नभएको उनको भनाइ छ ।

सभामुख घिमिरेले संसदलाई प्रभावकारी बनाउनका लािग पनि सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे । संसदको रिर्पोटिङका क्रममा देखिएका समस्याहरुलाई पनि समाधान गर्दै लैजाने उनले बताए ।