काठमाडौँ – नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रपति चयनमा कांग्रेस नेतृत्वको पुरानो गठबन्धनले साझा उम्मेदवार तय गर्ने बताएका छन् ।


ADVERTISEMENT


प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीका नेताहरुबीच भएको बैठकले पार्टी भित्र छलफल गरेर साझा उम्मेदवार तय गर्ने निर्णय गरेको कांग्रेस महामन्त्री थापाले जानकारी दिएका हुन् ।


ADVERTISEMENT

# # #


राष्ट्रपतिको उम्मेदवारका विषयमा दलहरुको आफ्नै प्रस्ताव आइरहेको र प्रस्तावका बारेमा छलफल गरेर आवश्यक निर्णयमा पुग्ने उनले बताए । उनले राष्ट्रपतिका विषयमा आफुहरु एकै ठाँउमा उभिने दाबी गरे ।

उनले भने, ‘नेपाली काँग्रेसको उम्मेदवारलाई अन्य दलहरुले सहयोग गरोस् भनेर हामीले प्रस्ताव राखेकै छौँ । अन्य दलहरुको तर्फबाट पनि फरक फरक प्रस्ताव आएका छन् । ती प्रस्ताव आए पनि हामी एउटै निर्णयमा पुग्छौँ, एउटै ठाउँमा उभिन्छौँ भन्ने कुरामा प्रस्ट छौँ ।’

आन्तरिक छलफल गरेर दलहरू फेरि बैठक बस्ने र राष्ट्रपति उम्मेदवारको टुङ्गो लगाउने नेताहरुले जनाएका छन् ।