काठमाडौँ – नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई सवैको समर्थन रहने दाबी गरेका छन् । .


ADVERTISEMENT


शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै महतले राष्ट्रपति निर्वाचनका विषयमा सवै दलहरुसंग सकारात्मक रुपमा छलफल भइरहेको र कांग्रेसको उम्मेदवारलाई सवैको समर्थन रहने दाबी गरेका हुन् ।


ADVERTISEMENT

# # #


राष्ट्रपतिको निर्वाचनमा कांग्रेसलाई समर्थन गर्दा सरकारमाथि कुनै समस्या आए त्यसपछि कांग्रेसले साथ दिने उनको भनाइ छ । प्रवक्ता महतले एकीकृत समाजवादीसंग लामो समय सहकार्य गरेको अवस्थामा कांग्रेसलाई साथ दिने विश्वास व्यक्त गरे । यसअघि राष्ट्रपति पदको दुरुपयोग भएको अवस्थामा अब कांग्रेसका तर्फबाट नै राष्ट्रपति भए संविधानको रक्षा हुने उनको भनाई छ ।

उनले अरु विषयमा समाजवादीसंग सहकार्य गर्दै आगामी दिनमा अवसर दिनका लागि कांग्रेस तयार रहेको जिकिर गरे ।