काठमाडौं-तपाईँलाई थाहा छ, विश्वकै सबैभन्दा चिसो स्थान कहाँ छ ? आज तपाईँलाई हामी विश्वकै सबैभन्दा चिसो स्थानबारे जानकारी दिँदैछौँ । यस स्थानको नाम हो ‘याकुत्स्क’। यो स्थान रूसको सुदूर इलाकामा रहेको छ । चिसोका दिन तपाईँ हाम्रो देशको तापक्रम २ या ३ डिग्रीको आसपासमा हुन्छ । तर यस स्थानको तापक्रम -५० डिग्री सेल्सियस भन्दा तल जान्छ ।


ADVERTISEMENT


रूसमा भूमध्य रेखाबाट केबल ४५० किलोमिटर दक्षिणमा अवस्थित यो शहर लेना नदीको किनारमा अवस्थित छ । यो सहरलाई ‘पोर्ट सिटी’ को नाममा पनि चिनिन्छ । याकूत्स्कको जनसंख्या करिब २ लाख ५० हजार छ ।


ADVERTISEMENT

# # #


यस शहरको स्थापना सन् १६३२ मै भएको थियो । तर १८८० र १८९० को दशमा भेटिएको सुन र खनिज पदार्थको भण्डारले यसलाई लोकप्रिय बनायो । त्यसपछि यहाँ तीब्र गतिमा बस्ती बस्न थाल्यो ।

साखा गणतन्त्रको यो इलाका टर्कीस मूलका याकूत जातिको बसोबास हो । उनीहरु यहाँ १३ औँ र १४ औँ शताब्दीमा बयकाल द्वीपको किनाबाट यहाँ आएर बसेका थिए । सन् १६३२ मा रूसी राज्यको विस्तारपछि बस्ती यहाँसम्म फैलियो । त्यसपछि प्योत्र बेकेतोभले यहाँ एउटा किल्ला बनाएका थिए ।

त्यसपछि सन् १८८०-१८९० को समयमा यस क्षेत्रबाट सुन र अन्य खनिज निकालिएको थियो । त्यसपछि यहाँ तीब्र गतिमा बस्ती विस्तार भयो । सोभियत संघको समयमा सोभियत तानाशाह जोसेफ स्टालिनले यहाँबाट खनिज र सुन निकालेको थाहा पाएपछि उनले यहाँ खानी नै सञ्चालन गराए ।

यहाँ साधरणतया १२ मेदेखि १० सेप्टेम्बरसम्म गर्मी हुन्छ । यस क्रममा यहाँको तापक्रम १२ डिग्री सेल्सियस हुन्छ । १७ जुलाईमा यहाँ सबैभन्दा धेरै गर्मी हुन्छ । यहाँ जाडो १८ नोभेम्बरबाट सुरु हुन्छ । यो क्रम १ मार्चसम्म चल्छ ।

यस क्रममा औसत तापमान -२३ डिग्री सेल्सियस रहन्छ । १३ जनवरीको दिन यहाँ सबैभन्दा चिसो हुन्छ । यस दिन अधिकतम तापमान -३६ डिग्री सेल्सियस र न्यूनतम -४१ डिग्री सेल्सियस रहन्छ । कयौँ पटक यहाँको तापक्रम -५६ डिग्री सेल्सियससम्म पुग्छ ।