काठमाडौँ – आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिज बिहिबारबाट नेपालमा आयोजना हुँदैछ ।


ADVERTISEMENT


नेपाल, युएई र पपुवा न्युगिनी पीएनजी बीचको त्रिदेशीय एकदिवसीय क्रिकेट श्रृंखला किर्तिपुर मैदानमा हुन लागेको हो । उक्त श्रृंखलाबाट तेस्रो, चौथो र पाँचौं स्थानमा रहने टोलीको तय हुनेछ । घरेलु मैदानमा हुन लागेको श्रृंखलामा नेपालले यूएई र पपुवा न्युगिनीसँग समान २–२ खेल खेल्नेछ । नेपालले यी चार खेल जित्दा ४० अङ्क पुग्नेछ ।


ADVERTISEMENT

# # #


जुन विश्वकप छनोट र एकदिवसीय मान्यता कायम राख्न पर्याप्त हुनेछ । खेल अघि तीनै टोलीले तालिकामा अंक सुधार गर्ने लक्ष्यका साथ खेल प्रदर्शन गर्ने बताएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टीमका मुख्य प्रशिक्षक मोन्टी देशाइले अन्तिम सिरिज कठिन भएपनि जितको लक्ष्यका साथ मैदान उत्रिने बताए । उनले बिहीबारको खेलमा सम्पूर्ण ध्याक केन्द्रित रहेको बताए । त्यस्तै नेपालका कप्तान रोहित पौडेलले पछिल्लो समय सोचेजस्तो खेल प्रदर्शन गर्न सफल भएको भन्दै आगमी खेल पनि जित्ने बताए ।

त्यस्तै युएई र पपुवा न्युगिनी पीएनजीका प्रशिक्षक र कप्तानहरुले पनि अन्तिम सिरिजमा ध्यान केन्द्रीत गरेको बताएका छन् । नेपालले बिहीबार पीएनजीसँग, आइतवार यूएईसँग, सोमवार पीएनजीसँग र अन्तिम खेल आउँदो बिहीवार यूएईसँग खेल्नेछ । श्रृंखलाका सबै चार खेल जित्न सके घरेलु टोली नेपाल सोझै विश्वकप छनोटमा पुग्नेछ भने एकदिवसीय मान्यता पनि कायमै रहनेछ ।

यदि नेपाल अङ्कतालिकाको शीर्ष तीनमा पर्न नसके विश्वकप छनोटका लागि क्वालिफायर प्लेअफ खेल्नुपर्ने हुन्छ । जसबाट शीर्ष दुई टोलीले विश्वकप छनोट खेल्न पाउनेछन् । त्यस्तै लिग–२ मा शीर्ष पाँचमा पर्न नसके नेपालले एकदिवसीय मान्यता जोगाउन प्लेअफ क्वालिफायरमा शीर्ष चारमा पर्नुपर्ने हुन्छ । नेपालको ३२ खेलमा ३२ र यूएईको ३१ अङ्क छ  र तालिकाको पाँचौ स्थानमा छ ।