ललितपुर– सहिद स्मारक ए डिभिजन लिग फुटबलमा एपीएफ क्लबले दोस्रो जित निकालेको छ ।


ADVERTISEMENT


बुधबार ललितपुरस्थीत च्यासल मैदानमा टोली त्रिभुवन आर्मी क्लबलाई १–० गोल अन्तरले हराउँदै एपीएफले दोस्रो जित निकालेको हो । एपीएफको जितमा मणि कुमार लामाले निर्णायक गोल गरे ।


ADVERTISEMENT

# # #


खेलको ३७ औं मिनेटमा मणिले निर्णायक गोल गरेका हुन् । जितसँगै एपीएफले ४ खेलमा ७ अंक जोडेको छ । आर्मीको यो पहिलो हार हो । आर्मीले ४ खेलमा ५ अंक जोडेको छ ।