काठमाडाैँ – नक्कली नोट र लागु औषधसहित प्रहरी चौकी विर्ताबजारबाट खटिएको प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । प्रहरीको गोप्य सुचनाको आधारमा लागु औषध तथा नक्कली नोट कारोवार गरेको सुचना प्राप्त भएको अनुसार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको हो ।


ADVERTISEMENT


जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिर्तामोड नगरपालिका वडा नं. ४ मेघाबारीका २४ वर्ष सुवास ताजपुरीयाको कोठामा लागुऔषध रहेको गोप्य सुचनाको आधारमा प्रहरीको खानतलासीमा प्रतिबन्धित लागुऔषध र नक्कली नेपाली नोटहरु बरामद भएको जनाइएको छ ।


ADVERTISEMENT

# # #


जिल्ला प्रहरी कार्यालयका प्रबक्ता खगेन्द्र प्रसाद रिजालका अनुसार सुवास ताजपुरीया र उनका १९ वर्षका भाई प्रविण ताजपुरीया समेतलाई बरामद लागुऔषध र नक्कली नोटहरु सहित नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान कार्य भई रहेको बताए ।