काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बस्ने प्रतिनिधिसभा (संसद्)को बैठकबाट विश्वासको मत लिन लागेका छन् । नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारको समर्थन फिर्ता लिएपछि दाहालले विश्वासको मत लिन लागेका हुन् ।


ADVERTISEMENT


दिउँसो १ बजे बस्ने संसद बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद्का महासचिव डा.भरतराज गौतमले जानकारी दिए ।


ADVERTISEMENT

# # #


एकैकार्यकालमा दाहालले दोस्रोपटक विश्वासको मत लिन लागेका हुन् । कुल २७५ सदस्यीय संसद्बाट विश्वास पाउन प्रधानमन्त्रीलाई १३८ मत चाहिन्छ । गत पुस १० गते प्रधानमन्त्री बनेका दाहालले पुस २६ गते २६८ सांसद्बाट विश्वासको मत पाएका थिए ।

आज प्रधानमन्त्री दाहाललाई संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेससहित दश दल र स्वतन्त्र सांसदहरूले विश्वासको मत दिने छन् ।

सम्भावित कार्यसूची