काठमाडौं – १६७ वर्ष पुरानो क्रेडिट स्वीस बैंकलाई युनियन बैंक अफ स्वीट्जरल्याण्ड (यूबीएस)ले खरिद गर्ने सम्झौता गरेको छ । संकटग्रस्त अवस्थामा रहेको क्रेडिट स्वीसलाई यूबीएसले ३ अर्ब स्वीस फ्र्यांक (३ अर्ब २५ करोड अमेरिकी डलर) मा खरिद गर्ने सम्झौता गरेको हो ।

तरलता अभावका कारण संकटग्रस्त बनेको क्रेडिट स्वीस बैंकले उद्धारका लागि आफ्नो मुख्य लगानीकर्ता साउदी नेसनल बैंकसँग थप आर्थिक सहायता माग गरेको थियो । तर, साउदी नेसनल बैंकले थप सहायता प्रदान गर्न नसक्ने भएपछि र समयमा तरलता व्यवस्थापन गर्न नसकेपछि अन्ततः क्रेडिट स्वीस बैंक यूबीएसले खरिद गर्ने भएको हो ।


ADVERTISEMENT


साउदीले प्रतिसेयर ३.८२ स्वीस फ्र्यांक (४.१२ अमेरिकी डलर)का दरले सेयर खरिद गरेको थियो तर अब यूबीएसले बैंकको सेयर प्रतिकित्ता ०.७६ फ्र्यांक (०.८२ अमेरिकी डलर)का दरले खरिद गरेको छ । साउदी नेसनल बैंकले क्रेडिट स्वीसमा भएको लगानीवापत ८० प्रतिशत नोक्सानी ब्यहोरेको जनाएको छ ।


ADVERTISEMENT

# # #


यूबीएसको खरिदबाट मात्रै बैंकिङ प्रणालीमा स्थायित्व नहुने भएकाले प्रणालीगत जोखिम कायमै रहने स्वीसका अधिकारीहरुले अन्तराष्ट्रिय सञ्चारमाध्यमसँग प्रतिक्रिया दिएका छन् । क्रेडिट स्वीस बैंक संकटग्रस्त हुनुअघि अमेरिकाका दुई बैंक सिलिकन भ्याली र सिग्नेचर बैंक पनि तरलता समस्याका कारण बन्द भएका थिए ।