• प्रदेश १
  • मधेश प्रदेश
  • बाग्मती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम
  • प्रिति-युनिकोड

Himalaya Post
  • गृहपृष्ठ
  • राजनीति
  • अर्थ/बैंकिङ
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • विश्व
  • | English Edition |

Select Page




‘रबरबोट’ परीक्षण : विपद् व्यवस्थापनका लागि खोज तथा उद्धार अभ्यास सम्पन्न

Mar 22, 2023 |

‘रबरबोट’ परीक्षण : विपद् व्यवस्थापनका लागि खोज तथा उद्धार अभ्यास सम्पन्न

1.1k
SHARES
ShareTweet

बैतडी– बैतडीको दशरथचन्द नगरपालिका–६ शेरास्थित चमेलिया नदीमा खोज तथा उद्धार अभ्यास गरिएको छ । बाढीजन्य विपद्मा उद्धारका लागि पहिलोपटक उपलब्ध भएको ‘रबरबोट’ लाई परीक्षण गर्नका लागि अभ्यास गरिएको हो । तटीय क्षेत्रमा हुने विपद्जन्य घटनाको समुचित व्यवस्थापनमा सहयोग पु¥याउने उद्देश्यसहित गृह मन्त्रालयको समन्वय तथा विश्व खाद्य कार्यक्रमअन्तर्गत मानवीय सहायतास्थलको सहयोगमा जिल्ला प्रशासन कार्यालयलाई गत फागुनमा ‘रबरबोट’ प्राप्त भएको थियो ।


ADVERTISEMENT


बाढीजन्य तथा अन्य विपद्ले पौडी खेल्न नजानेर डुबेर हुने घटनामा उद्धार गर्न अभ्यास गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए । रबरबोट परीक्षण गरी आगामी दिनमा तटीय क्षेत्रमा हुने विपद्जन्य घटनामा उद्धारका लागि सहयोग पु¥याउने उद्देश्यले अभ्यास गरिएको हो । उनले भने, ‘रबरबोट प्राप्त भएपछि तटीय क्षेत्रमा हुने विपद्जन्य घटनाको समुचित व्यवस्थापन गर्न अभ्यास गरिएको छ । रबरबोटको प्रयोगले नदीमा खोजतलास गर्न सहज हुनेछ ।’


ADVERTISEMENT

# # #


प्रदेशबाट आएको सशस्त्र प्रहरी बलको तालिमप्राप्त टोलीले चमेलियामा खोज तथा उद्धार अभ्यास गरेको हो । अभ्यासमा दशरथचन्द नगरपालिकाका प्रतिनिधि, रेडक्रस, जिल्ला सुरक्षा समिति, जिल्ला विपद् व्यवस्थापन समिति, स्थानीयलगायतको उपस्थिति थियो । यसका साथै जिल्ला प्रशासनलाई उपलब्ध भएको रबरबोट परीक्षणपश्चात झुलाघाटस्थित सशस्त्र प्रहरीको बिओपीलाई हस्तान्तरण गरिएको छ । झुलाघाटमा रहेको सशस्त्र प्रहरीको गोताखोरको टोलीले प्रदेशबाट आएको सशस्त्र प्रहरीको तालिमप्राप्त टोलीले महाकालीमा खोज तथा उद्धारको तालिम लिनेछ । त्यसपछि उक्त गोताखोरको टोलीनै विपद्को बेला उद्धारमा खटिनेछ ।

रबरबोटको अभावमा नदीमा फसेकाको उद्धार गर्न यो भन्दा पहिला कठिन हुने गरेको थियो । महाकाली, चमेलियाजस्ता ठूला नदीमा विभिन्न घटना हुने तर ‘रबरबोट’ अभावमा नदी, खोलामा फसेकाको उद्धार गर्न कठिनाइ भइरहेका बेला ‘रबरबोट’ले सहयोग पुग्ने विश्वास छ । जिल्ला विपद् व्यवस्थापन समितिले विपद्जन्य घटना व्यवस्थापनका लागि उक्त क्षेत्रमा क्रियाशील सरकारी तथा गैरसरकारी निकायसँग भएका विपद् खोज तथा उद्धार सामग्रीको मर्मत गरेर चुस्तदुरुस्त राख्न आग्रहसमेत गरेको छ । यसका साथै विपद् पूर्वतयारी र प्रतिकार्य योजनासमेत बनाइएको छ ।



#
#

#









#




#

#


Share:

Rate:

Previousसात पुस्तादेखिको काष्ठकलामा विरासत जोगाउँदै भीमबहादुर
Next‘कमरेड प्रचण्ड, हेर्नुहोस् त हेर्दाहेर्दै मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?’ : राप्रपा अध्यक्ष लिङ्देनकाे प्रश्न

ताजा खबर

  • जलविद्युत्मा लगानी गर्न फ्रान्सेली लगानीकर्तालाई आग्रह
  • बजेटका सिद्धान्त र प्राथमिकतामाथि संसदमा छलफल जारी
  • घुम्टोमा घण्टाघर : मर्मतसम्भार शीघ्र पूरा गर्न वीरगञ्जवासीको माग
  • सरकारी बेरुजु १२ खर्ब ८४ अर्ब, आव २०८०/८१ मा मात्र ९१ अर्ब ५९ करोड थपियो
  • आगामी वर्षका लागि व्यवहारिक र वस्तुनिष्ठ बजेट निर्माण गर्छौं : अर्थमन्त्री पौडेल

#
#
#
#
#
#
#
#
#
#
#
#

#

#
#
#

#
#
#

हिमालय पोष्ट

प्रकाशक –

लजिक मिडिया प्रा.लि.

ठेगाना – काठमाण्डौ – ४ , बालुवाटार
फोन नं. – +977-1-5705523
www.himalayapost.com

सूचना विभाग दर्ता प्रमाणपत्र नं. १७२ / ०७३ – ७४

ईमेल –
[email protected], [email protected], [email protected]

लजिक मिडियाद्वारा सञ्चालित हिमालय पोष्ट अनलाईन न्यूज पोर्टलका लागि :

अध्यक्ष / प्रधान सम्पादक – लोमस चापागाई

प्रबन्ध निर्देशक / सम्पादक – मिलन भण्डारी

डेस्क सम्पादक – रामचन्द्र पाण्डे

लेखकहरु –
डा. सुरेन्द्र झा
यादबकुमार भट्टराई
गोबिन्द ज्ञवाली
कुसुम भट्टराई


हाम्रो बारे – सम्पूर्ण टिम

© Logic Media Pvt. Ltd. 2017-2025 | All Rights Reserved