काठमाडाैँ– सिसिपीआई र सार्क चाईना साउथ एसियन विजनेश फोरमको आयोजनामा भएको १६ औँ चाइना साउथ एसियन विजनेश फोरमको तयारी बैठक सम्पन्न भएको छ । १६ औँ चाइना साउथ एसियन विजनेश फोरमको बेला के कस्ता मूद्दालाई प्राथमिक्तामा राख्ने तथा सार्क देशको आर्थिक विकासमा जोड दिन बैठक बसेको थियो । उक्त बैठकले यस कार्यक्रम नेपालमा हुने समेत सार्वजनिक गरेकाे छ ।
बंगलादेशको ढाकामा आयोजित तयारी बैठकमा सार्क राष्ट्रको आर्थिक प्रगति र आगमी बाटोको बिषयमा छलफल भएको थियो । त्यस्तै नेपालको प्रतिनिधित्वमा पुगेका सार्क चम्बर अफ कमर्शका उपाध्यक्ष चण्डिराज ढकालले प्रसस्तमात्रामा कलकारखाना तथा उद्याेग खोलेमात्र पनि गरिवी तथा वेरोजगारी अन्त्य गर्न सकिने बताए । उनले भने, ‘बिकासाेन्मुख राष्ट्रले रोजगारी सिर्जना गर्न कलकारखाना तथा उत्पादित वस्तुको निर्यातमा जोड्न सके आर्थिक फड्को मार्न सकिने बताए ।
‘कम्बाईन द मार्केट एण्ड विजनेश अफ चाईना एण्ड सार्कको मार्केट ठुलो रहेको छ, ढकाल भन्छन, ‘१.३८ बिलियन मानिसको बसोबास रहेको यो क्षेत्रमा व्यवसायीक सहजीकरण गर्न सकेपनि ठुलो आर्थिक फड्को मार्न सकिन्छ ।’ त्यसरी जोडिएमा नेपाललगायतका अन्य विकासाेन्मुख सार्क राष्ट्रहरु आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्न सक्नेछन् ।
त्यस्तै नेपाल चिनको बिआरआई प्रोजेक्टसंग जोडिएकोले भौतिक तथा यान्त्रिक विकासको माध्यमबाट जोड्न आर्थिक तथा आवश्यक सहयोग गरेमा नेपाल सार्क राष्ट्रहरुको हकमा थप सशक्तरुपमा विकासको गतिलाई बढाउन सक्ने बताए ।
त्यस्तै नेपालमा सन २०२३ को जुलाई महिनामा हुन गईरहेको हुनाले विभिन्न सार्क राष्ट्रहरुबाट आउने प्रतिनिधि तथा लगानीकर्तालाई यहाँका सृजनशील तथा प्राकृतिक स्रोतसंग सरकारको समन्वयमा जोड्न सकिने उक्त तयारी बैठकमा उपाध्यक्ष ढकालले छलफलमा कुरा राखेको बताएका छन् ।
पछिल्लोसमय विश्वमा नै आर्थिक संकटदेखा परेको अवस्थामा नेपालमा हुन गईरहेको १६ औँ चाइना साउथ एसियन विजनेश फोरमको आयोजनाले उत्तर ऐसीयाली मूलुकलाई सहजीकरण हुने विश्वास लिएको छ । साथै नेपालमा पनि आर्थिक लगानीकर्ताको बृद्धिहुने अनुमान गरिएको छ । समयानूकुल कार्यक्रम तालिका सार्वजनीक गर्ने ढकालले बताए ।
उनीसंगै तयारी बैठकमा अन्य उत्तरी एसियाली मूलुकका प्रतिनिधि तथा चाइनाका प्रतिनिधिकाे सहभागीतासमेत रहेकाे थियाे । उनी नेपाल उद्याेग बाणिज्य महासँघकाे पूर्वअध्यक्षसमेत हुन्।