काठमाडाैँ– नेविसंघको त्रिभुवन विश्वविद्यालय इकाई समितिको अध्यक्षको जिम्मेवारी तीन जना फरकफरकलाई दिएकाे पत्र सार्वजनिक भएको छ । नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले विष्णुबहादुर बडैला, दीपकराज जोशी र गणेश भण्डारीलाई एउटै पदको जिम्मेवारी दिएको पत्र सार्वजनिक भएको हो ।


ADVERTISEMENT


तर केन्द्रीय अध्यक्ष शेर्पाले भने अध्यक्षमा मनोनित गरिएको भनिएका तीनैजना आधिकारिक नभएको हिमालय पाेष्टलाई बताएका छन् । उनले अध्यक्ष बनाउने प्रक्रिया नै सुरु नभएकाे र केही समय लाग्ने बताएका छन् ।


ADVERTISEMENT

# # #


अध्यक्ष शेर्पाले सुरुमा कैलालीका विष्णुबहादुर बडैलालाई अध्यक्षमा मनोनीत गरेका थिए । तर पछि दीपक र गणेशलाई पनि अध्यक्षमा मनोनीत गरेको पत्र सार्वजनिक भयो ।

चैत ७ गतेको मिति र अध्यक्ष शेर्पाको हस्ताक्षर भएको पत्रमा तीन महिनाभित्र समितिको अधिवेशन सम्पन्न गर्ने गरी विश्वविद्यालय समितिको अध्यक्षको जिम्मेवारी दिइएको उल्लेख छ ।

त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचनमा विष्णु र दीपकले आधिकारिक उम्मेदवार श्यामराज ओझाविरुद्ध उम्मेदवारी दिएका थिए । तर पछि ओझालाई सघाउने गरी उनीहरुले बागी उम्मेदवारी फिर्ता लिएका थिए ।

ओझा स्ववियु सभापतिमा निर्वाचित भएलगत्तै विष्णु र दीपकसँगै गणेश भण्डारीलाई अध्यक्षको जिम्मेवारी दिइएको पत्र सार्वजनिक भएको हो ।

आफूखुसी र मनलाग्दी ढङ्गले पद बाँडेकाे आराेप लगाउदै असन्तुष्ट पक्षले शेर्पाकाे राजीनामा माग गरेका छन् ।