काठमाडौं— सानिमा र रिलायन्स लाइफ इन्स्योरेन्सको आजको शेयर कारोबार बन्द हुने भएको छ । दुबै कम्पनीले चैत्र ९ गतेदेखि एकिकृत कारोबार सुरु गर्ने भएपछि नेप्सेले शेयर कारोबार बन्द गरेको हो ।


ADVERTISEMENT


यसअघि भएको निर्णय अनुसार दुई कम्पनीबीच मर्जरसम्बन्धी सम्पूर्ण प्रक्रिया सम्पन्न गरी आजैबाट सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार गर्दैछन् ।


ADVERTISEMENT

# # #


धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने र गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका २०७९ को निर्देशन अनुसार शेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकिकरण तथा सूचीकरण प्रयोजनको लागि शेयर कारोबार रोक्का गरिएको नेप्सेले जनाएको छ ।