मकवानपुर – नेपाली कांग्रेस मकवानपुर जिल्ला प्रतिनिधिसभा क्षेत्र नं. २ (ख) का सभापति एवं कैलाश गाउँपालिका–२ का वडाध्यक्ष राजेन्द्र घिसिङकी ममतामयी माता स्वर्गीय बिबिमाया घिसिङको निधनको ४९औँ दिनको पुण्यतिथिमा आयोजित अन्तिम संस्कार तथा घेवा कार्यक्रममा नेपाली कांग्रेसका नेताहरूले श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन्।

कार्यक्रममा बागमती प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य इन्द्रबहादुर बानियाँसहित कांग्रेसका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।


ADVERTISEMENT

#


सो अवसरमा नेता बानियाँले स्वर्गीय बिबिमाया घिसिङप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकमा रहेका परिवारजनलाई समवेदना व्यक्त गरेका थिए। उनले मातृवियोगको पीडा सहन परिवारलाई धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गरेका थिए।

आमाको निधनले परिवारमा अपूरणीय क्षति पुगेको उल्लेख गर्दै उपस्थित कांग्रेस नेताहरूले दिवंगत आत्माको चिरशान्तिको कामना गरेका थिए।


ADVERTISEMENT

#
#


सामाजिक, पारिवारिक तथा सांस्कृतिक परम्पराअनुसार आयोजना गरिएको ४९औँ दिनको घेवा कार्यक्रममा आफन्तजन, शुभेच्छुक तथा विभिन्न राजनीतिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।