काठमाडौं-सिकारुले चलाएको गाडीको ठक्करबाट बाराको कलैया उपमहानगरपालिका वडा नं.१० स्थित मटिअर्वामा शुक्रवार दिउँसो एक जनाको मृत्यु भएको छ । ठक्करबाट विद्यालय परिसरमै एक जना विद्यार्थीको मृत्यु भएको हो । घटनामा अन्य पाँच जना विद्यार्थीहरु भने घाइते भएका छन् ।


ADVERTISEMENT


स्थानीय नेपाल राष्ट्रिय उच्च माध्यामिक विद्यालय परिसरमा भारतीय नम्बरको गाडी जे.एच.०९बि.३७०८ भारतीय नम्बरको बोलेरो जीप सिकारुले चलाउने क्रममा अनियन्त्रित भइ विद्यार्थीलाई ठक्कर दिएको हो ।


ADVERTISEMENT

# # #


जिपको ठक्करबाट विद्यालयमा अध्ययनर्त १० वर्षीय सुरज साहको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कलैया बाराले जनाएको छ ।

घटनामा घाइते भएका अन्य ५ मध्य ४ विद्यार्थीको अवस्था गम्भीर रहेको र एक जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

घाइते सबैलाई उपचारका लागि वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा लगिएको छ भने जीप चलाउँने सिकारु चालक, जीप र गाडी धनीलाई जिल्ला प्रहरी कार्यालय बाराले नियन्त्रणमा लिएको छ ।