• प्रदेश १
  • मधेश प्रदेश
  • बाग्मती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम
  • प्रिति-युनिकोड

Himalaya Post
  • गृहपृष्ठ
  • राजनीति
  • अर्थ/बैंकिङ
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • विश्व
  • | English Edition |

Select Page




बाल सुधार गृहमा क्षमताभन्दा दोब्बर बालक

Mar 25, 2023 |

बाल सुधार गृहमा क्षमताभन्दा दोब्बर बालक

576
SHARES
ShareTweet

हेटौँडा– भौतिक पूर्वाधारको अभावलगायत समस्या भोग्दै आएको हेटौँडास्थित बाल सुधार गृहमा क्षमताभन्दा दोब्बर बालक रहेका छन् । सङ्घीय सरकारको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत रहेको सो बाल सुधार गृहमा तोकिएको भन्दा दोब्बर बालक आश्रित रहेका छन् ।


ADVERTISEMENT


करिब ३५ जनाको क्षमता रहेको सो बाल सुधार गृहमा अहिले ६८ बालक आश्रित छन् । सुधार गृहमा १८ वर्षमुनिका विभिन्न अभियोग लागेका र फैसला भएकालाई त्यहाँ राख्नुपर्ने प्रावधान भए पनि बढी उमेरकालाई समेत राख्नुपर्ने बाध्यता रहेको सुधारगृहका निमित्त प्रमुख प्रदीप गौतमले जानकारी दिए । हाल यहाँ १४ वर्ष उमेर पुगेका बालकदेखि २२ वर्षसम्मकालाई राखिएको छ ।


ADVERTISEMENT

# # #


‘सामान्य लेखपढ गर्नेदेखि ११ कक्षासम्म पढ्नेलाई राखेका छौँ । मधेस र कोशी प्रदेशका बालसुधार गृहमा चाप बढेपछि हेटाँैडा पठाउने गरिएको छ’, उनले भने । विकल्प नहुँदा क्षमताभन्दा बढी बालक राख्नु परेको गौतमको भनाइ छ ।

विसं २०७५ मा स्थापना भएको हेटौँडा बाल सुधार गृहमा बालकका लागि बस्ने, खाने, स्वास्थ्य उपचार, लत्ताकपडा, बाल सुधार गृहबाटै परीक्षा दिने तथा खेल्ने व्यवस्था छ । पुस्तकालयको समेत व्यवस्था छ । सुधार गृहमा करणी मुद्दाका ४२, डाँकाचोरी मुद्दाका आठ, सवारी ज्यान र कर्तव्य ज्यान मुद्दाका तीन/तीन, लागूऔषधका पाँच, चोरी मुद्दाका चार, शरीर बन्धक तथा अपहरण मुद्दाका एक बालक आश्रित रहेको बताइएको छ ।


#
#

#









#




#


#


Share:

Rate:

Previousचकलेट कारखानामा विष्फोट, दुई जनाको मृत्यु
Nextमेलम्चीको पानी सूर्यविनायक नपामा वितरण गर्न नौबुँदे सम्झौता

ताजा खबर

  • रविन्द्र मिश्रलाई थप ५ दिन हिरासतमा राख्न अनुमति
  • नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह
  • ५१ लाख ९० हजार ठगी गर्ने दुई जना पक्राउ
  • खेलकुद, साहित्यक तथा पर्यटन महोत्सव-२०८२ : टेबलटेनिस र बुद्धिचाल प्रतियोगिता सुरू
  • औषधि लिमिटेडद्वारा उत्पादित सुपथ मूल्यका औषधि उपलब्ध गराउन सहजीकरण समिति गठन

#
#
#
#
#
#
#
#
#
#
#
#

#

#
#
#

#
#
#

हिमालय पोष्ट

प्रकाशक –

लजिक मिडिया प्रा.लि.

ठेगाना – काठमाण्डौ – ४ , बालुवाटार
फोन नं. – +977-1-5705523
www.himalayapost.com

सूचना विभाग दर्ता प्रमाणपत्र नं. १७२ / ०७३ – ७४

ईमेल –
[email protected], [email protected], [email protected]

लजिक मिडियाद्वारा सञ्चालित हिमालय पोष्ट अनलाईन न्यूज पोर्टलका लागि :

अध्यक्ष / प्रधान सम्पादक – लोमस चापागाई

प्रबन्ध निर्देशक / सम्पादक – मिलन भण्डारी

डेस्क सम्पादक – रामचन्द्र पाण्डे

लेखकहरु –
डा. सुरेन्द्र झा
यादबकुमार भट्टराई
गोबिन्द ज्ञवाली
कुसुम भट्टराई


हाम्रो बारे – सम्पूर्ण टिम

© Logic Media Pvt. Ltd. 2017-2025 | All Rights Reserved