काठमाडौं-वाम गठबन्धनका प्रमुख नेता एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वाम गठबन्धन तोड्ने प्रयास भएको बताउँदै यसलाई टुट्न नदिने बताएका छन् ।


ADVERTISEMENT


उनीहरूले अब मुलुक वाम गठबन्धनले हाँक्दै आर्थिक समृद्धितिर लैजाने उद्घोष गरे ।


ADVERTISEMENT

# # #


दाहाललाई पाँच वर्ष सरकार चलाउने अफर के माया गरेर गरेको हो : ओली
अब मुलुक वाम गठबन्धनले चलाउँछ : दाहाल

वाम गठबन्धन टुटाउन दाहाललाई ‘पाँच वर्ष प्रधानमन्त्री चलाउने’ अफर आएको ओलीले बताए ।

‘वाम गठबन्धनको बहुमत आएको छ, यसलाई तोड्ने प्रयास भएका छन्, ती प्रयास काम लाग्दैनन्,’ एमाले उपाध्यक्ष वामदेव गौतमद्वारा लिखित ‘नेपाल नवनिर्माण महाअभियान’ पुस्तक विमोचनमा शनिबार उनले भने, ‘उहाँ ‘दाहाल’ लाई ५ वर्ष प्रधानमन्त्री दिने भन्ने कुरा माया गरेर भनेको हो ? देश बनाउन खोजेको हो ? होइन, यो बिथोल्न, बिगार्न आएको हो । जुन अब सम्भव छैन ।’ -आजको कान्तिपुरबाट