संसारका कतिपय विषयबारे तपाई हामीमा जे धारणाहरु छन्, ति नै सही हुन् जस्तो लाग्छ । संसारका विभिन्न तथ्यबारे वैज्ञानिक म्याट ब्राउन पुस्तक लेखेका छन् । उनको पुस्तकको नाम ‘एभरीथिङ्ग यु नियू अबाउट प्लानेट अर्थ इज रंग’ (पृथ्वीका बारेमा जो तपाई जान्नुहुन्छ त्यो गलत हो) भन्ने रहेको छ ।


ADVERTISEMENT


जुन पुस्तक तपाइले पढ्नुभयो भने आफ्नो जानकारीमाथि नै प्रश्न उठाउनु हुनेछ ।


ADVERTISEMENT

# # #


२०६० वर्ग किलोमिटर ‘नो मेन्स ल्यान्ड’

केहीबर्ष अघि मात्र जमिनलाई लिएर नेपाल र भारतबीच तथा भारत र चीनबीच तनाव चल्याे । यो मात्रै होइन जमीन, समुद्रको किनार, शक्ति र व्यवसायलाई लिएर शक्ति राष्ट्रबीच आपसमा संघर्ष हुने गर्छ । तर संसारमा केही स्थान ‘नो मेन्स ल्याण्ड’ को रुपमा छ ।

‘नो मेन्स ल्यान्ड’ भनेको अन्तर्राष्ट्रिय कानुनअनुसार दुई देशको सीमामा रहेको खाली स्थान हो, जुन क्षेत्रलाई कुनै पनि देशले आफ्नो कानुनअनुसार नियन्त्रण गर्दैनन् । यद्यपि यसमा दाबी गर्न सकिन्छ ।

तर अफ्रिकामा एक यस्तो स्थान छ, जसमाथि कुनै पनि देश नियन्त्रण कायम गर्न चाँहदैन । बीर ताविल नामको यो इलाका २ हजार ६० वर्गकिलोमिटर क्षेत्रफलको छ । यो क्षेत्र इजिप्ट र सुडानको सीमामा पर्छ ।

यो इलाका २० औं शताब्दीमा अस्तित्वमा आएको हो, जतिबेला इजिप्ट र सुडानको सीमा तयार गरिदा यो क्षेत्र दुवैले आफ्नो सीमाभित्र राखेनन् । बीर ताविल सुखाग्रस्त इलाका हो ।

तर, यो इलाकामा केही मानिसले आकर्षण देखाउन थालेका छन् । २०१४ मा अमेरिकाको भर्जिनियाका एक किसानले यो क्षेत्रमा एक झण्डा लगाएर आफूलाई उत्तरी सुडान राज्यको गभर्नर घोषणा गरेका थिए । उनको चाहना आफ्नी छोरी राजकुमारी बनुन् भन्ने थियो ।

संसार भ्रमण गर्ने पहिलो व्यक्ति

के पोर्चुगलका खोजकर्ता फर्डिनान्ड म्यागनल संसारको परिक्रमा गर्ने पहिलो व्यक्ति थिए ? के उनले संसारको सबैभन्दा ठूलो समुद्रलाई आफ्नो नाम दिएका थिए ? यस्तो होइन । सन् १४८० मा जन्मिएका फर्डिनान्ड प्रशान्त महासागर पार गर्ने पहिलो व्यक्ति चाँहि थिए । सन् १५१९ मा म्यागनल आफ्नो टोलीसहित समुद्रको बाटोमा स्पाइस द्विप खोज्नका लागि निस्किएका थिए । केही देश भएर हिँडेको तीन वर्षपछि यो समूह सोही स्थानमा नै फर्किएको थियो ।

स्पेन हुँदै गएको यो यात्रा पूरा गरेको खुसी मनाउनका लागि भने कमैमात्र जीवित थिए । २७० जनाको चालक दलसँग भएको यो यात्रा अन्त्य हुँदा १८ जना मात्रै बँचेका थिए । यात्राकै क्रममा म्यागलनको पनि मृत्यु भएको थियो ।

यो यात्राका क्रममा सन् १५२१ मा म्यागलन फिलिपिन्सको पूर्वी तट पुगेका थिए । त्यहाँका आदिवासीले उनलाई सिबू टापुमा लिएर गए । म्यागनल र उनको चालक दलका सदस्य सिबुका स्थानीयसँग राम्रो साथी बने ।

यति गहिरो दोस्ती भयो कि म्यागलन आफ्ना साथीलाई छिमेकी टापुमा रहने उनका दुश्मनको आक्रमणबाट बचाउन तयार भए । उनीहरुले हमलाको तयारी गरे र समूहको नेतृत्व म्यागलन आफैंले गरे । तर उनी घाइते भए । उनलाई बिषमा डुबेको एक तीर लाग्यो र मृत्यु भयो ।

म्यागलनसँग गएका मानिस स्पाइस टापु खोजेपछि सोही बाटो फर्किन चाहन्थे, तर उनीहरु आफ्नो बाटो परिवर्तन गरेर छोटो बाटोबाट स्पेन फर्किए । म्यागलनले यसै बाटोलाई प्रशान्त महासागर भनेका थिए, तर यो देख्ने उनी पहिलो युरोपियन थिएनन् ।

वर्षौपछि स्पेनका खोजकर्ता भास्को नुनेज डी बालबोआ पनामाबाट प्रशान्त महासागरको किनारामा पुगे ।

समुद्रको किनारमा जमिन हुन्छ ?

हामी पानीले भरिएको समुद्रको अर्को किनारा सायद पत्ता लगाउन सक्दैनौं भन्ने ठान्छौं । तर समुद्रको किनारा अवश्य हुन्छ । केही समुद्र त चारै तर्फबाट जमिनले घेरिएका हुन्छन् । जस्तो भूमध्य सागर र काला सागरलाई लिन सकिन्छ ।

कुनै सागर महासागरमा गएर टुंगिएका पनि हुन्छन् । तर यस्तो एउटा सागर पनि छ, जसको कुनै किनारामा जमिन छैन । यो सारगास्सो सागर हो । यो एटलान्टिक सागरको पश्चिममा रहेको र उत्तर एटलान्टिकमा एकातर्फ फैलिएर सीमा बनेको छ ।

भूकम्प रिक्टर स्केलमा नापिन्छ ?

स्कुलमा हामीले भूकम्पको तिव्रता रिक्टरस्केलले नापिन्छ भनेर सिकेका छौं । सन् १९३० मा भूगर्भ विशेषज्ञ चार्ल्स रिक्टर र बेनो गुटनबर्गले केबल क्यालिफोर्नियामा भूकम्पका कारण पैदा हुने ऊर्जाको मापन गर्नका लागि यसको निर्माण गरेका थिए ।

यो एक प्रकारको सिस्मोग्राफ थियो । यसैकारण सन् १९७० मा एक नयाँ प्रणाली सिस्मोलोजिकल स्केल जन्मियो । सिस्मोलोजिकल स्केलको प्रयोग ठूलो मात्रामा हुने गरेको पनि छ ।

तर यो अप्ठेरो नाम भएकाले यसलाई पनि मानिसले रिक्टर स्केलका रुपमा नै लेख्ने गरेका छन् । तपाईले ८ रिक्टर स्केलको भूकम्प भन्ने पढ्नु भएको छ भने त्यसको अर्थ सिस्मोलोजिकल स्केल हो । (एजेन्सीकाे सहयाेगमा…)