काठमाडाैँ– राष्ट्रपति रामचन्द्र पाैडेल आज गाेरखा जादैँ छन् । गाेरखामा अवस्थित गाेरखा दरवार तथा गाेरखाकाे बाहिरी क्षेत्र अवलाेकन गर्ने उनकाे सचिवालयले जनाएकाे छ ।


ADVERTISEMENT


आज बिहान ९ः३० बजे गोरखा जाने उनी पहिले दरबार क्षेत्र अवलोकन गर्ने कार्यक्रम रहेकाे छ । त्यसपछि राष्ट्रपति पौडेलले गोरखा दरबार क्षेत्रभित्र रहेको गोरखकालीको मन्दिरमा पूजा गर्ने र बजार क्षेत्रमा रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेकाे राष्ट्रपतिका प्रेस सल्लाहकार खिला कार्कीले हिमालय पाेष्टलाई जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


राष्ट्रपति बनेपछि पाैडेल पहिलो पटक काठमाडौं बाहिर जान लागेका हुन् । उनकाे सुरक्षालाई मध्यनजर गर्दै गाेरखा बजार तथा दरबार क्षेत्रमा कडा सुरक्षा व्यवस्थापन गरिएकाे जानकारी गराएका छन् । उनले पनि पुर्व राष्ट्रपति विध्यादेवी भण्डारीकाे शैली अपनाएकाे भन्दै आलाेचना भैरहेकाे छ ।

यस बिषायमा प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालका अनुसार राष्ट्रपति पौडेल आउ-जाउ गर्ने सडकको यातायात होस् या मन्दिरमा दर्शन गर्ने बेलामा होस् सर्वसाधारणलाई असर नपुग्ने गरी आवश्यक प्रबन्ध मिलाइएको हिमालय पाेष्टलाई बताए । यसअघि राष्ट्रपति पौडेलले साधारण अपनाएर काठमाडौंको बसन्तपुर दरबारमा जाँदा उनको प्रशंसा भएको थियो ।