हेटौँडा– मकवानपुरमा एक महिलाले आत्मदाहको प्रयास गरेकी छन् । उत्तरी मकवानपुरको इन्द्र सरोबर गाउँपालिका ४ छापकी ३३ वर्षीय सुमिना डिमडुङकले घरायसी विवादको कारण आफ्नै शरीरमा आगो लगाएर आत्मदाह प्रयास गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।


ADVERTISEMENT


घरमा राखिएको एक बोतल डिजेल आफ्नो शरीरमा खनाएर आगो लगाएको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #


घाइतेलाई उपचारको लागी कीर्तिपुर अस्पताल काठमाडौं पुर्‍याइएको छ ।