काठमाडौँ – नेकपा एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवरले कालापानी, लिपुलेक, लिम्पियाधुरामा किन जनगणना नभएको भन्दै संसदमा प्रश्न गरेका छन् ।


ADVERTISEMENT


आइतबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद कुँवरले उक्त क्षेत्रको जनगणना नगरेर गलत सन्देश प्रवाह भएको टिप्पणी गरे । उनले २०१८ सालमै जनगणना भएको क्षेत्रमा अहिले आएर जनगणना नगर्नुको अर्थ के हो भन्दै प्रश्न गरे ।


ADVERTISEMENT

# # #


बैठकमा एमालेका सांसद रघुजी पन्तले राष्ट्रपतिको सल्लाहकार प्रधानमन्त्री र मन्त्रिपरिषद्‍ हुने भन्दै शीतल निवासमा छुट्टै सल्लाहकार नचाहिने बताए । अहिले राष्ट्रपतिलाई छुट्टै शक्तिकेन्द्र बनाउने अभ्यास गरिएको भन्दै प्रतिनिधिसभाको विशेष समयमा पन्तले यो कार्य संसदीय व्यवस्थाका लागि उचित नभएको बताए । उनले अहिले राष्ट्रपतिको सचिवालयमा ठूलो संख्यामा कार्मचारी भर्ना गरिएको कार्य राम्रो नभएको भन्दै कानुनमा राष्ट्रपतिले ७ जना विज्ञ र सचिवालयमा ३१ जना भर्न गर्न पाउने व्यवस्था रहेको सांसद पन्तले बताए ।

बैठकमा कांग्रेसका सांसद डा.शेखर कोइरालाले राजनीतिक द्वन्द्वका कम्पनहरु देखा पर्न थालेको बताए । उनले राजनीतिक अर्कमण्यताका कारण संघीय लोकतान्त्रिक गणतन्त्रमाथि चुनौती थपिएको भन्दै देशको अर्थतन्त्रबारे गम्भीर हुनुपर्ने बताए । संघीयता र प्रदेशप्रतिको वितृष्णा दिन प्रतिदिन चुलिँदै जादा यसले पार्ने प्रभावमा कसैलाई चासो नभएको उनको भनाई छ । उनले आर्थिक हिसाबले राष्ट्र सिकिस्त बिरामी भएकाले तत्काल उपचार गर्नुपर्ने सुझाव दिए ।

बैठकमा जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले बारा २ मा सांसद पद खाली भएको सूचना संसदमा जानकारी गराउन नपाउँदै निर्वाचन आयोगले निर्वाचनको कार्यक्रम घोषणा गरेकोमा असन्तुष्टि जनाए । उनले आयोगको यो कदमले विश्वासनियतामाथि प्रश्न उठाएको बताउए । उनले निर्वाचन आयोगलाई सरकारको तर्फबाट कुनै दबाब नराख्न समेत आग्रह गरे ।

कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भूमिहीन र अव्यवस्थित बसोबास गर्नेहरुको समस्या समाधान गर्नु पर्ने बताए ।