काठमाडौँ – नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले वर्तमान सरकारबाट देश र जनताको हित हुन नसक्ने बताएका छन् ।


ADVERTISEMENT


आइतबार भक्तपुरमा गणेश माध्यमिक विद्यालयले आयोजना गरेको छात्रवृत्ति वितरण कार्यक्रमपछि सञ्चारकर्मीसंग कुरा गर्दै सुवालले अहिले सिद्धान्तहिन गठबन्धनको सरकार बनेकाले सरकारबाट देश र जनताको हित हुन नसक्ने बताएका हुन् ।


ADVERTISEMENT

# # #


जोत्नेलाई जमिन दिने र नेपालमै रसायनिक मल कारखाना खोल्ने, सिचाईको व्यवस्था गरेर उत्पादन बढाउनुपर्ने उनले बताए । उनले नेपालकै लगानीमा जलविधुत आयोजनाहरु निर्माण गरेर बिजुलीको अधिकतम उपयोगमार्फत ग्यासको उपयोगलाई बन्द गर्नुपर्ने धारणा राखे ।

सुवालले अहिले भारतलाई सुम्पेका नदिनालाहरु फिर्ता लिइ आफैले उपभोग गर्ने उल्लेख गरे ।