काठमाडौँ – प्रभु क्यापिटल लिमिटेडले “ग्लोबल मनी विक–२०२३” को अवसरमा विविध पूँजीबजार तथा वित्तीय चेतना अभिवृद्धि गर्न युवा केन्द्रित शेयर बजार सम्बन्धी १ दिने आधारभूत तालिम आयोजना गरेको छ ।
कम्पनीले शनिबार काठमाडौं बहिरा संघ नेपालको सहयोगमा काठमाडौंको हात्तीसारस्थित नेपाल हाउसमा उक्त कार्यक्रम सम्पन्न गरेको हो । काठमाडौं बहिरा संघ नेपाल अन्र्तगत रहेका सदस्यहरुमध्ये ५० भन्दा बढी सदस्यहरुको सहभागिता भएको उतm कार्यक्रम मूख्यतया पूँजी बजारमा शुरुवाती प्रवेश तथा लगानीको महत्वमा केन्द्रित थियो ।
कार्यक्रमको तालिम सञ्चालन प्रभु क्यापिटलका प्रमुख लगानी अधिकृत दुर्गा नन्द झा तथा श्रीया कुटुले गरेका थिए भने यसलाई सांकेतिक भाषामा दोभाषेहरु रेनु शाह तथा सुनीता श्रेष्ठले प्रस्तुत गरे । कार्यक्रम पूँजी बजारमा शुरुवाती प्रवेश के कसरी गर्ने, मेरो शेयर के कसरी चलाउने, शेयरबजार सम्बन्धी सूचनाको स्रोतहरु आदि विषयमा सामूहिक रुपमा अन्तरक्रिया गरी कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा काठमाडौं बहिरा संघ नेपाल सम्बद्ध सहभागी सदस्यहरुले शेयर बजार सम्बन्धी आजको तालिम कार्यक्रम एकदमै फलदायी भएको तथा अब शेयर बजारमा लगानी गरी आर्थिक उपार्जन गरी आर्थिक रुपमा सबल बन्न सक्ने बताए । उनीहरुले आगामी दिनमा अझै उच्च स्तरको तालिमहरु पनि प्रदान भएमा यसले बहिराहरुलाई नेपालको शेयरबजारमा लाग्नको लागि थप प्रेरित गर्ने बताए ।
कार्यक्रममा प्रभु क्यापिटल लिमिटेडको कार्य सञ्चालन विभाग प्रमुख वसन्ता उपाध्यायले कार्यक्रमको समापन मन्तव्य राख्दै “ग्लोबल मनि विक २०२३” को अवसरमा यो प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको उल्लेख गरिन् । तालिम प्रतिको सहभागी सदस्यहरुका उत्साह तथा अन्तरक्रियामा सक्रिय सहभागीता देख्दा अत्यन्त खुशी लागेको जनाइन् ।
युवा अवस्थाबाट नै व्यक्ति वित्तीय रुपमा सबल बन्न ग्लोबल मनी विकको यस वर्षको मूल नारा ‘आफ्नो पैसाको योजना बनाउनुहोस्, आफ्नो भविष्य सुरक्षित गर्नुहोस्’ को प्रमुख सन्देश बुझ्दै लगानीको स्रोतबारे ज्ञान लिने, आयबाट केही बचत गर्ने बानी बसाल्ने तथा सो बचत लगानी गरिरी सोलाई गुणात्मक वृद्घि गर्न पूँजी बजार समेत एक राम्रो स्रोत रहेको जानकारी दिइन् ।
यसका साथै शारीरिक तथा मानसिक कमी कमजोरी भई अपाङ्गता भएका “क” तथा “ख” वर्गको अपाङ्गता भएका व्यक्तिहरुलाई धितोपत्र बजार प्रवेशमा प्रोत्साहन गर्नका लागि प्रभु क्यापिटल मार्फत डिम्याट तथा मेरो शेयर खोल्दा कुनै पनि शुल्क नलाग्ने तथा आजीवन सो सुविधा निशुल्क पाउने व्यवस्था रहेको समेत जानकारी दिइन् ।
प्रभु क्यापिटलले शेयर लगानीमा सचेतना अभिवृद्धिका लागि समय–समयमा सेयर तथा पुँजी बजारसंग सम्बन्धित तालिम कार्यक्रम, विविध वर्कसप तथा सचेतना कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।