काठमाडाैँ– मन्त्रालय संख्याको विषयमा सत्तारुढ दलहरू सहमति नजिक पुगेका छन् । माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले गठबन्धनका दलहरूबीच मन्त्रालय जिम्मेवारीको विषयमा सहमति नजिक पुगेकाले ठोस सहमति जुटाएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजसम्ममा मन्त्रिपरिषद् पुनर्गठन बताएका छन् ।


ADVERTISEMENT


सत्ता गठबन्धनमा भएको पछिल्लो सहमतिअनुसार कांग्रेसले ८, माओवादी केन्द्रले ५ र जनता समाजवादी पार्टी (जसपा) का साथै नेकपा एकीकृत समाजवादीले २–२ वटा मन्त्रालय पाउने गरी छलफल अघि बढेको छ ।


ADVERTISEMENT

# # #


साझेदार दलका अन्य साना दललाई १–१ मन्त्रालय दिने बताइएको छ । गृहमन्त्री नपाएको भन्दै सरकार छाडेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समेत सरकारमा जाने योजनामा रहेको छ । सरकारमा जाँदा उसले बढीमा ३ मन्त्रालय पाउनेछ ।

वर्तमान सत्ता गठबन्धनमा माओवादी केन्द्रसहित, कांग्रेस, जसपा, एकीकृत समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राजमो रहेका छन् । यी दलहरूमध्ये राजमोले सरकारमा नजाने बताएको छ ।

रास्वपाले पुस १० को सहमतिअनुसार उपप्रधानसहित ३ मन्त्री दिनुपर्ने दाबी गरे पनि सरकारमा जाने विषयमा निर्णय गरिसकेको छैन । नेताहरूका अनुसार मन्त्रालयको भागबन्डा हुँदा माओवादीले गृह र कांग्रेसले अर्थ मन्त्रालय लिएर जाने बताइएको छ ।