काठमाडाैँ– राष्ट्रपति रामचन्द्र पौडेलले स्वर्गीय नवीन्द्रराज जोशीको शालिक अनावरण गरेका छन् । काठमाडौंमा सोमबार पूर्वमन्त्री स्वर्गीय नवीन्द्रराज जोशीको शालिक अनावरण कार्यक्रममा उनले शालिकमा माला लगाएर अनावरण गरेका हुन् ।


ADVERTISEMENT


उनले कार्यक्रमकाे सम्बाेधन गर्दै राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्ने बताएका छन् । उनले भने, ‘राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्छ । जनतासँगको निरन्तर सान्निध्यतासँगै उनीहरुको सुख दुःख बुझेर उनीहरुकै लागि सेवा गर्ने उच्चतम अठोट, प्रतिवद्वता र समर्पणबाट अभिप्रेरित हुनुपर्छ ।’


ADVERTISEMENT

# # #


राष्ट्रपति पौडेलले जनतासँग निकटतम सम्बन्ध राख्ने र उनीहरुका सुख दुःख बुझ्ने व्यक्तित्वको रुपमा आफूले जोशीलाई चिनेको अनावरण कार्यक्रममा उल्लेख गरे ।

राष्ट्रपति पौडेलले मुलुक र समाज परिवर्तनका लागि सदैव दृढ संकल्पित, सिद्धान्तनिष्ठ कार्यकर्ताका रुपमा जोशीले लोकतन्त्रलाई जीवनपद्धतिका रुपमा आत्मसाथ गरी लोकतन्त्रको संस्थागत विकासमा पुर्‍याएको योगदान भावी पुस्ताका लागि सदैव प्रेरणाको स्रोत बन्ने उनले विश्वास व्यक्त गरेका हुन् ।

शालिक अनावरण कार्यक्रमकाे फाेटाेसहित :