काठमाडौँ – नेपाल प्रहरीका ४ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवाका लागि सिफारिस भएका छन् । सोमबार बसेको गृहमन्त्रालयको बढुवा सिफारिस समितिको बैठकले ४ जना डीआईजीलाई क्ति रहेको एआईजी पदमा बढुवा गर्न सिफारिस भएको हो ।


ADVERTISEMENT


बढुवाका लागि सिफारिस भएकामध्ये पहिलो नम्बरमा डीआईजी सन्दीप भण्डारी रहेका छन् । यस्तै दोस्रो नम्बरमा सुदीप गिरी, तेस्रो नम्बरमा मीरा चौधरी र चौथो नम्बरमा टेक बहादुर तामाङ रहेका छन् ।


ADVERTISEMENT

# # #


एआईजीमा बढुवा सिफारिस भएका भण्डारी, गिरी र चौधरी प्रहरी प्रधान कार्यालयमा कार्यरत छन् । यस्तै तमाङ अख्तियार दुरुपयोग अनुसनधान आयोगको प्रहरी महाशाखामा कार्यरत रहेका छन् ।