काठमाडौँ – ललितपुर मेयर्स कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा ललितपुर मेयर्स ११ आयोजक ललितपुर–११ प्रतियोगिताबाट बाहिरिएको छ ।


ADVERTISEMENT


सोमबार टियु मैदान कीर्तिपुरमा भएको खेलमा मधेशले ललितपुरलाई १ विकेटले पराजित गरेको हो । ललितपुरले दिएको ९७ रनको लक्ष्य मधेशले १९ ओभर २ बलमा ९ विकेट गुमाएर पूरा गर्यो । मधेशका लागि सरस्वती चौधरीले ३२ रन बनाईन् । ओपनर अलिशा यादवले सर्वाधिक १६ रन बनाईन् । सिमा कँुवरले १५ रन बनाईन् । ललितपुरका लागि सोनी पाख्रिन र कृतिका मरासिनीले समान २÷२ तथा कप्तान अस्मिना कर्माचार्य र मनिशा उपाध्यायले समान १÷१ विकेट लिईन् ।


ADVERTISEMENT

# # #


त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ललितपुर मेयर्स ११ ले २० ओभरमा ५ विकेट गुमाएर ९६ रन बनाएको हो ।

ललितपुरका लागि सोनी पाख्रिनले सर्वाधिक ३४ रन बनाईन् । सोनीले ४३ बलमा ३ चौकाको सहयोगमा ३४ रन बनाईन् । लक्ष्मी चौधरीले २७ बलमा २३ रन बनाउँदा श्रृष्टि जैशीले अविजित १५ रन बनाईन् । मधेशका लागि सरस्वती कुमारीले २ तथा रोजी कडारी, अनुराधा चौधरी र कप्तान कविता गौतमले समान १–१ विकेट लिईन् ।

लिग चरणको पहिलो र दोस्रो स्थानको टोलीका बीचमा फाइनल हुनेछ । चैत १६ मा प्रतियोगिताको फाइनल खेल रहेको छ ।