काठमाडौँ – भूमि अभियान्तामाथि लगाइएको झुठो मुद्धा खारेज गर्नुपर्ने माग राख्दै सुकुम्वासीहरुले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।


ADVERTISEMENT


संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चाले सोमबार काठमाडौंको माइतीघरमा भूमि अभियान्ता पक्राउकोविरुद्ध र निसर्त रिहाईका लागि भन्दै विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले नदी किनार लगायतका स्थानमा रहेका सुकुम्वासीहरुलाई हटाउन खोजिएको भन्दै काठमाडौं महानगरविरुद्ध चर्का नारावाजी गरेका थिए ।


ADVERTISEMENT

# # #


आफुहरुलाई भूस्वामित्व नभएसम्म आन्दोलन जारी रहने उनीहरुले चेतावनी दिएका छन् ।