काठमाडौँ – मिटरब्याजीविरुद्ध प्रदर्शनका लागि काठमाडौँ आइपुगेका पीडितहरुले प्रदर्शनका लागि ठाउँ नपाएपछि धर्नामा बसेका छन् । काठमाडौँ महानगरपालिकाले पीडितहरुलाई खुल्लामञ्चमा जान नदिएपछि उनीहरु धर्नामा बसेका हुन् ।


ADVERTISEMENT


काठमाडौँ महानगरले खुल्ला मञ्चको गेटमा ताल्चा लगाइदिएको छ भने महानगरका प्रहरी परिचालन गरेको छ । तर, पीडितहरुले भने आफूलाई प्रदर्शनका लागि खुल्लामञ्चभित्र जान दिनुपर्ने भन्दा प्रदर्शन गरिरहेका छन् ।


ADVERTISEMENT

# # #


पीपिडतले काठमाडौँ महानगरपालिकाविरुद्ध नाराबाजी गर्दै खुल्लामञ्चको गेट अघि धर्नामा बसेका छन् । आफ्ना माग पूरा हुने आशासहित ७० जनाभन्दा बढी मिटरब्याजपीडित काठमाडौँ आएका छन् ।