बेलायतस्थित नथिंग कम्पनीले नथिंग फोन–टू भारतीय बजारमा लन्च गर्न लागेको छ ।  मोडल नम्बर एआईएन ०६५ भएको नथिंग फोन बीआईएस वेबसाइटमा सूचीबद्ध गरिएको छ । यद्यपि सूचीमा फोनको कुनै विशेषता खुलाइएको छैन ।


ADVERTISEMENT


भर्खरै आयोजित मोबाइल वर्ल्ड कांग्रेस (एमडब्लूसी) मा नथिंगका सीईओ कार्ल पेईले नथिंङ फोन–टू  स्न्यापड्रागन–एट (८) सिरिजको प्रोसेसरको साथ आउने बताए । कम्पनीले यसलाई रु ३९,९९० मा लन्च गर्न सक्ने विश्वास गरिएको छ ।


ADVERTISEMENT

# # #


कार्ल पेईले नथिंङ फोन–टू विद्यमान नथिंङ स्मार्टफोनभन्दा ‘बढी प्रिमियम’ हुने बताए । यस पटक कम्पनीले सफ्टवेयरको अनुभव सुधार गर्न थप जोड दिएको र त्यसका लागि थप कर्मचारी खटाइएको उनको भनाइ छ ।

मिडिया रिपोर्टअनुसार कम्पनीले यो स्मार्टफोनलाई १२ जीबी र्‍यामको साथ सिंगल भेरियन्टमा लन्च गर्नेछ । जसमा २५६ स्टोरेज विकल्प दिइनेछ । यसका साथै यसमा ५,००० एमएएचको ब्याट्री दिइएको छ । एजेन्सी