काठमाडौँ– काठमाडौं महानगरपालिका प्रमुख बालेन साहले न्यायका लागि काठमाडौँ आइपुग्नुपर्ने परिस्थितिले ‘गाउँगाउँमा सिंहदरबार’ भन्ने सरकारको नाराको अपमान भएको बताएका छन् ।


ADVERTISEMENT


मिटरब्याजीविरुद्धको आन्दोलनमा ऐक्यबद्धता जनाएका मेयर बालेनले पिडितहरुले स्थानीय र प्रदेश सरकारबाट न्याय नपाएर काठमाडौँ आइपुग्नुले संघीयतालाई निर्मम प्रश्न गरिरहेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


सामाजिक सञ्जालमा मंगलबार एक पोष्ट गर्दे उनले लेखेका छन्, ‘ पिडितहरुले स्थानीय र प्रदेश सरकारबाट न्याय नपाएर काठमाडौँ आइपुग्नुले हाम्रो संघीयतालाई निर्मम प्रश्न गरिरहेको छ, गाउँगाउँमा सिंहदरबारको नारालाई गिज्याइरहेको छ ।’

यो अवस्थामा संघीय सरकारले अतिशिघ्र चासो दिनु पर्ने बताउँदै उनले थप लेखेका छन्, ‘यसै पनि न्याय माइतीघरले दिने होइन, कानुनको स्पष्टता नभएको अहिलेको अवस्थामा मन्त्रीपरिषद्ले दिनुपर्ने हो ।’

यस्तै, शिविर बनाएर महिनौँ वा वर्षौँ बसेर न्यायका लागि लड्ने वातावरण नबनाई सरकारले सकेसम्म चाँडो र केहि घण्टामा न्यायको अनुभूति दिलाउनु पर्ने उनको भनाई छ । साथै उनले खुलामञ्च आवाज बोल्न सबैका लागि सँधै खुला थियो, छ र रहने समेत बताएका छन् ।

मिटरब्याज र लघुवित्त पीडितलाई महानगरले काठमाडौं बसुन्जेल पशुपति धर्मशालामा बास र खानको व्यवस्था गरेको छ । ११ दिनदेखि हिँडेर काठमाडौं आइपुगेका मिटरब्याजी पीडित यतिबेला टंगालमा प्रदर्शन गरिरहेका छन् । प्रधानमन्त्री निवास बालुवाटारतर्फ अगाडि बढेका पीडितहरूलाई प्रहरीले रोकेपछि उनीहरूले टंगालमै प्रदर्शन गरेका हुन् ।