काठमाडौँ – नेपाल काठमाडौँमा जारी प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । मंगलबार भुटानसँग १–१ को बराबरी खेल्दै नेपाल फाइनल पुगेको हो ।


ADVERTISEMENT


त्रिपुरेश्वरस्थित दशथर रंगशालामा भएको खेलको पहिलो हाफमा भुटानले अग्रता दिलाएको थियो । भुटानका तेञ्जिङ नोर्बुले १९ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । दोस्रो हाफको अन्त्यसम्म पनि भुटानले अग्रतालाई जोगाइराखेको थियो ।


ADVERTISEMENT

# # #


तर, ९०औँ मिनेटमा दीपकराज सिंह ठकुरीले हेडमार्फत गोल गरेपछि नेपाललाई बराबरीको अवस्थामा पुर्याए । आजको बराबरीसँगै भुटान प्रतियोगिताबाट बाहिरिएको छ भने नेपालले उपाधीका लागि अब शुक्रबार लाओससँग खेल्नेछ ।

यसअघि पहिलो खेलमा नेपालले लाओसलाई २–०ले हराएको थियो भने लाओसले भुटानलाई २–१ले हराएको थियो ।