काठमाडाैँ– प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । संसद सचिवालयले दिउँसो १ बजे बस्ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।


ADVERTISEMENT


बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन २०७८–०७९ पेस गर्नेछन् ।


ADVERTISEMENT

# # #


यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७ प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।