काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद ढाकाकुमार श्रेष्ठले मन्त्री बन्न घुस मागेको अडियो सार्वजनिक भएको छ । श्रेष्ठले आफू मन्त्री बन्न लागेकाले पछि भनेअनुसार गरिदिने भन्दै मेडिकल व्यावसायी दुर्गा प्रसाईसँग २ करोड घुस मागेको अडियो बाहिरिएको हो ।


ADVERTISEMENT


सार्वजनिक अडियोमा श्रेष्ठले स्वास्थ्य मन्त्री रास्वपाले पाउने र आफू नै स्वास्थ्य मन्त्री बन्न लागेको र रास्वपा सभापति रवि लामिछानेले पार्टीलाई २ करोड रुपैयाँ सहयोग गरिदिन भनेको सुन्न सकिन्छ ।  सोही अनुसार श्रेष्ठले प्रसाईलाई अहिलेलाई साढे दुई करोड र बाँकी पछि चेकमार्फत दिए पनि हुने बताएका छन् ।


ADVERTISEMENT

# # #


सार्वजनिक अडियोमा उनले भनेका छन्, ‘आज मैँले फिक्स पैसा गर्नुपर्छ । उधारो हुन्न भन्छन् फेरि । दुई साडे दुई (करोड) भनेका छन् । अहिलेलाई एक (करोड) दिए पनि उनीहरु (रवि लामिछाने) मान्छन् । पछि चेक दिए पनि मान्छन् ।’ त्यसपछि प्रसाई सोध्छन्, ‘यो पैसा पनि तपाईंले रविलाई बुझाउनुपर्ने होला नि होइन ?’

जवाफमा सांसद श्रेष्ठ भन्छन्, ‘अँ, मैँले रवि सरलाई भन्दा, रवि सर देखापर्नु भएको छैन । बाहिर दुईतीन जना साथीहरु हुनुुहुन्छ । उहाँहरुलाई दिने हो ।’ त्यसपछि प्रसाईले आफू २ करोड दिन तयार भएको र अघि बढ्न श्रेष्ठलाई बताउँछन् । यद्दपि उनले श्रेष्ठको स्वास्थ्य मन्त्री बन्ने योजनामा सांसद डा. तोसिमा कार्की बाधक बन्छन् कि भनेर श्रेष्ठलाई सोध्छन् । त्यसमा समस्या नहुने सांसद श्रेष्ठ बताउँछन् ।

अडियो गत पुस १० गते प्रचण्ड सरकारमा रास्वपा सहभागी हुनअघिको रहेको बताइएको छ । अहिले रास्वपा सरकारमा गएर बाहिरसकेको छ । कुराकानी भएको करिब २ महिनापछि अडियो सार्वजनिक भएको हो ।

प्रसाई लामो समयदेखि झापास्थित आफ्नो बी एन्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिलाउन कसरतमा रहेका छन् ।

पूरा अडियो सुन्नुहोस्: