काठमाडौं । अनेराश्वबीयुकी अध्यक्ष नबिना लामाले बर्तमान सरकारका बिरुद्ध प्रधानमन्त्री निवास बालुवाटारमा गएर आन्दोलन गर्ने बताएकी छन् । शान्तिपूर्ण आन्दोलनका क्रममा प्रहरीको आक्रमणबाट अखिलका नेताहरु घाईते भएको भन्दै उनले यस्को बदला लिने समेत बताएकी छन् ।


ADVERTISEMENT


‘नालायक ,असक्षम देउवा सरकार राजीनामा दे, जनजिबिकाको पक्षमा लड्दै आएको सगँठन अनेरास्ववियुले पेट्रोलियम पदार्थमा गरेको मुल्यबृद्विका बिरुद्ध गरेको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले गरेको ज्यादति निन्दनीय छ। कमिसन खाने उदेश्यले हप्तै पिच्छे गर्ने मुल्यबृद्विले आमजनतामा पर्ने असरलाई अनेरास्ववियु टुलुटुलु हेरेर बस्न सक्दैन।आन्दोलनका क्रममा प्रहरी ज्यादतीका कारण घाइते हुनु भएका अखिलको उपाध्यक्ष क. महेश बर्तौला ,महासचिव एन महर ,शेखर बोहरा, राजकुमार महतरा लगायत घाइते साथीहरूको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै दोषि उपर कडा भन्दा कडा कारबाहीको माग गर्दछु।’


ADVERTISEMENT

# # #


‘तत्काल मुल्यबृद्वि फिर्ता नलिए आन्दोलनको आधिबेहरी श्रृजना हुनेछ र जनमत गुमाईसकेको देउवा सरकारलाई सडकमा ल्याउने चेतावनी दिन चाहन्छु’ उनले भनेकी छन् ‘राजालाई प्रजातन्त्र बुझाएको ज़स्तो ठनेको ? यो त हजारौ जनताको बलिदानीसंग लडेर ल्याएको हो त्यसैले अबको हाम्रो अन्दोलन तिम्रो कुर्सी ख़ाली गर्न बालुवाटारमा हुनेछ ।’