काठमाडौं-नेपालमा कृषिजन्य उत्पादनमा विषादीको प्रयोग गर्ने क्रम बढेको छ । गत आर्थिक वर्ष ०७२/७३ मा मात्रै ५ लाख ७४ हजार ६० किलो विषादी खपत भएको छ । यो विषादी खरिदका लागि ६९ करोड ४८ लाख ४ हजार ७१ रुपैयाँ खर्च भएको छ ।


ADVERTISEMENT


सबैभन्दा धेरै विषादी तरकारीमा खपत हुने गरेको छ । तरकारीमा मात्रै ८५ प्रतिशतसम्म विषादी प्रयोग हुने गरेको बाली संरक्षण निर्देशनालयका कार्यक्रम निर्देशन अच्युतप्रसाद ढकालले बताए । उनका अनुसार आर्थिक वर्ष ०७२/७३ मा १ सय ८१ टन कीटनासक, २ सय ४७ टन रोगनासक, १ सय ३४ टन झारनासक र १२ टन अन्य प्रकारका विषादी प्रयोग भएको छ ।


ADVERTISEMENT

# # #


  • तराईमा बढी प्रयोग
    विषादीको प्रयोग तराईमा धेरै हुने गरेको छ । वार्षिक ९९५ ग्राम प्रतिहेक्टरका दरले तराईमा विषादी प्रयोग भइरहेको बाली संरक्षण निर्देशनालयले जनाएको छ । त्यस्तै उच्च पहाडी क्षेत्रमा प्रतिहेक्टर ८५, पहाडी क्षेत्रमा ३१४ र उपत्यकामा ४७० ग्राम प्रतिहेक्टर विषादी प्रयोग हुने गरेको छ ।
  • ८० प्रतिशत विषादी विदेशबाट
    नेपालमा खपत हुने विषादीमध्ये ८०५ विषादी भारत, चीन र जापानबाट आउने गरेको वरिष्ठ बाली संरक्षण अधिकृत रामकृष्ण सुवेदीले बताए । २०५ भने नेपालमा उत्पादन हुन्छ । सबैभन्दा बढी विषादी भारतबाट आउने गरेको उनले बताए ।
  • तीन तरकारीमा ४५५ विषादी भेटियो
    बाली संरक्षण निर्देशनालयले सिमी, भिन्डी र अकबरे खुर्सानीको विषादी परीक्षण गर्दा ४५५ प्रयोग भएको पाइएको छ । सर्लाहीको सिमी, धादिङको भिन्डी र मकवानपुरको अकबरे खुर्सानीको विषादी मापन गर्दा विषादीको यस्तो परिणाम देखापरेको निर्देशक ढकालले बताए ।

कस्तो असर पर्छ स्वास्थ्यमा ?

डा. अरुणा उप्रेती
कृषिजन्य उत्पादनमा विषादीको प्रयोगबाट स्वास्थ्यमा पर्ने असरबारे सरकारी तवरबाट कुनै पनि अनुसन्धान गरिएको छैन । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को तथ्यांकअनुसार विषादीकै कारण विश्वमा हरेक वर्ष ३ लाख ५५ हजार मानिसको मृत्यु हुने गरेको छ । ४ करोड मानिसमा विषादीले कुनै न कुनै रूपमा असर गरेको हुन्छ ।

तत्कालीन असर : बान्ता हुने, मूर्छा पर्ने, झाडापखाला लाग्ने, पेट दुख्ने, टाउको दुख्ने, एलर्जी हुने, रिँगटा लाग्ने, श्वासप्रश्वासमा समस्या, खाना अरुचि, धमिलो देख्ने, वाकवाक लाग्ने, आँखा–नाक पोल्ने

दीर्घकालीन असर : अन्धोपना, क्यान्सर, ट्युमर, नपुंसकता, बाँझोपन, विकृत बच्चाको जन्म, नसामा समस्या, स्नायु प्रणालीको विकासमा ह्रास, एकाग्रतामा कमी