काठमाडौं-एथ्लेटिको मड्रिडले स्पेनिस कोपा डेल रे फुटबलमा इस्पोर्टिओलाई ४-०ले हराएको छ । बुधबार राति भएको अन्तिम १६ को पहिलो लेगमा १० खेलाडीमा सिमित लिइदा इस्पोर्टिओलाई पराजित गर्ने क्रममा डिएगो गोडिन, फर्नान्डो टोरेस, डिएगो कोस्टा र एन्टोनी ग्रिजम्यानले समान एक एक गोल गरेका थिए । एथ्लेटिको मड्रिडले पहिलो हाफमा २ तथा दोस्रो हाफमा थप दुई गोल गरेको थियो ।


ADVERTISEMENT


इस्पोर्टिओमा भएको खेलमा घरेलु टोलीमाथि एकतर्फी जित निकाल्ने क्रममा एथ्लेटिकोले खेलको ३३ औं मिनेटमा डिएगो गोडिनको गोलबाट सुरुवाती अग्रता बनाएको थियो । खेलको ३७ औं मिनेटमा टोरेसले गोल गरेपछि पहिलो हाफमा एथ्लेटिकोले २-० को अग्रता बनायो । दोस्रो हाफको खेलको ६९ औं मिनेटमा डिएगो कोस्टाले गोल गर्दै एथ्लेटिकोलाई ३-० को अग्रता दिलाए ।


ADVERTISEMENT

# # #


इंलिस क्लब चेल्सीबाट क्लब फर्किएका कोस्टाले मैदान छिरेको पाँच मिनेट भित्रै गोल गरेका हुन् । कोस्टा खेलको ६४ औं एन्जल कोरियाका स्थानमा मैदान छिरेका थिए । चेल्सीलाई गत सिजन प्रिमियर लिगको उपाधि दिलाउन महत्वपूर्ण योगदान गरेका कोस्टा जनवरीको ट्रान्सफर विण्डो खुलेसँगै एथ्लेटिको फर्किएका हुन् ।

खेलको इन्जुरी समयमा मार्क ट्रिलिसले दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि इस्पोर्टिओ १० खेलाडीमा सीमित भयो । घरेलु टोलि १० खेलाडीमा सिमित भएको फाइदा एथ्लेटिको मड्रिडले लियो । त्यसपछि खेलको इन्जुरी समयको दोस्रो मिनेटमा ग्रिजम्यानले गोल गर्दै गरेपछि एथ्लेटिको मड्रिडलाई ४–० को सहज जित दिलाए । दुई टोलीबीचको दोस्रो लेग एथ्लेटिकोको घरेलु मैदानमा हुनेछ ।