काठमाडौँ – नेकपा एमालेका अध्यक्षे केपी शर्माओलीले नेपाललीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा दोषीलाई यथाशीघ्र कारबाही गरेर देखाउन चुनौती दिएका छन् ।


ADVERTISEMENT


सोमबार राष्ट्रिय युवासंघको प्रथम पूर्ण बैठकमा बोल्दै अध्यक्ष ओलीले नक्कली शरणार्थी प्रकरणका दोषकाविरुद्ध उभिएर देखाउन चुनौती दिएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कली शरणार्थी प्रकरणमा सचिव टेकनारायण पाण्डेलाई पक्राउ गरिएको र एमाले सचिव तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी हुनु ट्रेलरमात्रै भएको र फिल्म आउनै बाँकी रहेको बताएका थिए ।


ADVERTISEMENT

# # #


त्यसबारे जवाफ फर्काउँदै अध्यक्ष ओलीले उक्त प्रकरणमा काँग्रेस र माओवादीका शीर्ष नेता र तिनका आफन्तसमेत जोडिएका अडियोहरु बाहिरिएको विषयमा प्रधानमन्त्री किन मौन रहेको भन्दै प्रश्न गरे । उनले भने, ‘तपाईंका हलमा फिल्म कहिले लाग्छ ? अन्त त धुमधाम भइसक्यो । सञ्चारमाध्यममा सिनेमा चलिरहेको छ, प्रचण्डजी, तपाईंको हलमा कहिले लाग्छ ? हामी हेर्न चाहन्छौँ त्यो सिनेमा । सँधै ट्रेलर मात्रै किन ? सिनेमा चलाउनुहोस् न तपाईंको हलमा । हल किन रित्तै ?’

यस्तै अध्यक्ष ओलीले आजै हुने संवैधानिक परिषद्को बैठकमा प्रधानमन्त्री प्रचण्डलाई फिल्म कहिले सुरु हुन्छ भनेर सोध्ने बताए । एकै मुद्दामा मुछिएका कसैकोबारेमा केही नबोल्ने र कसैको बारेमा निकै चम्केको भन्दै ओलीले असन्तुष्टी व्यक्त गरे ।उनले प्रधानमन्त्रीले हिरोइज्मको व्यापार गर्नुभन्दा भ्रष्टाचारका काण्डहरुको छानबिन दृढताका साथ गराउनुपर्ने बताए ।

उनले भने, ‘उहाँ दुबोको माला लगाएर हिरोइज्मको व्यापार गरिराख्नुभएको छ । स्टन्टबाजी गर्ने होइन प्रधानमन्त्रीज्यू, दोषीमाथि छानबिन गरेर कारबाही गर्नुपर्यो ।’ उनले एमालेले कसैको अपराधको ढाकछेप नगर्ने र कोही पनि दोषीलाई बचाउन नगर्ने तर एमालेविरुद्ध प्रहार गरे सैह्य नहुने बताए ।

उनले नक्कली शरणार्थी प्रकरणमा प्रहरीलाई दबाब दिएर बयान फेर्ने काम भइरहेको दाबी गर्दै त्यसलाई रोक्न माग गरे ।