काठमाडौं – नेपाली कांग्रेसका सहमहामन्त्री रामहरि खतिवडाले शक्तिशाली सरकारले जनतालाई तर्साउने होइन, जनताको पक्षमा काम गर्नुपर्ने बताएका छन् ।

ब्याकुल माइला गोल्ड कपको १०औँ संस्करणलाई सम्बोधन गर्दै सहमहामन्त्री खतिवडाले लामो समयपछि मुलुकमा दुई तिहाइको नजिक रहेको बलियो सरकार बनेको उल्लेख गर्दै यस्तो सरकार पाँच वर्षसम्म स्थिर रूपमा सञ्चालन हुनुपर्ने धारणा राखे ।


ADVERTISEMENT

#


उनले भने, “सरकार अहिले धेरै समयपछि दुई तिहाइको नजिक छ। यो सरकार पाँच वर्षका लागि हुनुपर्छ। शक्तिशाली सरकारले जनताको पक्षमा काम गर्नुपर्छ, तर्साउने काम गर्नु हुँदैन।”

सहमहामन्त्री खतिवडाले राज्यका महत्वपूर्ण निकायहरूको मर्यादा र कर्मचारीहरूको मनोबल उच्च राख्न सरकार जिम्मेवार हुनुपर्ने बताए। न्यायपालिका, कार्यपालिका, निजामती कर्मचारी तथा प्रहरी कर्मचारीहरूको मनोबल गिराउने काम गर्न नहुने उनको भनाइ थियो।


ADVERTISEMENT

#
#


देश सञ्चालन व्यक्तिगत सनक र इच्छाका आधारमा नभई संविधानको अक्षरशः पालना गरेर गर्नुपर्नेमा जोड दिँदै उनले संविधान र कानुनको शासनलाई सबैले सम्मान गर्नुपर्ने बताए ।