काठमाडाैँ– आज मदन भण्डारीको ३०औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपाली राजनीतिका प्रखर वक्ता तथा कम्युनिष्ट विचारक भण्डारीकाे ४१ वर्षको अल्पायूमै निधन भएको आँधीमय जीवन सबैका लागि प्रेरणाको विषय रहेको छ । जननेता भण्डारी एक स्वतन्त्र सर्वेक्षणका आधारमा नेपालका बीसौं शताब्दीकै सर्वाधिक लोकप्रिय नेताका रूपमा स्थापित भएका थिए ।


ADVERTISEMENT


माक्र्सवाद–लेनिनवादको मार्गदर्शन, नेपालको विशिष्ट परिस्थितिमा त्यसको सिर्जनात्मक प्रयोग र विकास, रणनीतिक लक्ष्य वैज्ञानिक समाजवाद र तात्कालिक कार्यक्रम जनताको जनवादजस्ता विषयले एकताको वैचारिक, राजनीतिक जग निर्माण गरेका भण्डारीकाे संक्षिप्त इतिहास हामिले यहाँ राखेका छाैँ ।


ADVERTISEMENT

# # #


पढ्नुहाेस् भण्डारीकाे संक्षिप्त जिवनी :

न्वारनमा जुराइए अनुसार मोतीराज भण्डारीको नामले प्रारम्भिक जानपहिचान बनाएका मदनकुमार भण्डारीको जन्म बुबा देवीप्रसाद भण्डारी र आमा चन्द्रकला भण्डारीको कोखबाट माहिला छोराको रूपमा विक्रम सम्वत् २००९ साल असार १४ गते भएको थियो । नेपालको पूर्वी पहाडी जिल्ला ताप्लेजुङको ढुङ्गेसाँघु गाउँ विकास समितिमा पर्ने ठोट्ने गाउँमा अवस्थित एउटा सामान्य कृषक परिवारमा जन्मनुभएका मदनले यहीँको भिरालो बस्तीभित्रका चट्टानहरूमा उफ्रिँदै, छेउँछाउमा बग्ने तमोर र मौवा खोलाका नागबेली परेका परिदृश्यहरूमा आँखा नचाउदै, लेकबेंसीहरूमा उकाली—ओराली गर्दै अनि लहलह हुने उत्तिस, चाँप र लालिगुराँसहरूका मनोरम दृश्यहरूमा हराउँदै र रमाउँदै आफ्नो बाल्यकाल बिताउनुभएको थियो ।

खेतीपाती मूलपेशा बनाएको परिवारका माहिला छोरा मदनले गुज्रदैको बाल्यकालमा जिन्दगीका कैंयौ कष्ट र कहरहरूलाई आत्मसात गर्नुभएको थियो भने ज्यान मात्र पाल्न गर्नुपर्ने कठोर श्रम र सङ्घर्षको खुला कितावलाई यहीँ अध्ययन गर्नुभएको थियो । छ भाई छोरा र पाँच बहिनी छोरीसहित दर्जनभन्दा बढी सदस्य रहेको यो परिवार २०२६ सालमा मोरङ्ग जिल्लाको दुलारी गाउँ विकास समितिमा पर्ने लोचनीमा पहाडबाट बसाई आयो ।

यसको चार वर्षपछि यो परिवार फेरी जिल्लाकै इटहरामा बसाई सर्यो । बर्माबासी मावली हजुरबा चन्द्रलाल पोखरेलको यहीँ देहान्त भएपछि मावली परिवारजनसँगै नजिकै अवस्थित गाउँ भिमचौरीमा सरल, मिलनसार, हकी र बिद्रोही स्वभावका मदनले आफ्नो बाल्यकालको अधिकांश महत्वपूर्ण समय बिताउनुभयो ।

पाण्डित पुरोहित परिवारका तेस्रो सन्तान मदनले आफ्ना बुबाले गाउँकै टुनिबोटे, बरडाँडामा सञ्चालन गर्नुभएको संस्कृत पाठशालामा प्रवेश पाएको केही समयमै सातवर्षे बालककालमै पूर्णअक्षर ज्ञानआरम्भ गर्नुभएको थियो । भान्जादाई लक्ष्मीप्रसाद पौडेल र पाठशालाका धरणीधर न्यौपानेलगायत गुरूजनलाई अक्षर राम्ररी नचिनेकै यस बेलामा लघुकौमदीका कतिपय पाठहरू कण्ठस्थ सुनाएर आश्चर्यचकित बनाउनुभएको थियो, प्रखर प्रतिभाको परिचय दिनुभएको थियो । ११ वर्षको बालक मदनले घरबाट दिनभरिको बाटो हिडेर पुग्न सकिने मेदिबुङस्थित बाल सुवोधनी संस्कृत प्रधान पाठशालामा कक्षा ६ मा दाखिल भई नियमित अध्ययन आरम्भ गर्नुभयो । यहाँ उहाँले संस्कृतका अतिरिक्त नेपाली, अंग्रजी, गणित, भूगोल, इतिहास, विज्ञान आदि विषयहरूको पनि खँदिलो अध्ययन गर्नुभयो ।

याे पनि : ‘मदन भण्डारी’ माक्र्सवादलाई सिर्जनशीलरुपमा प्रयोग गर्ने नेता

फुर्सदिलो समयमा खेलकुदमा रमाउने मदनले कक्षा ९ र १० को दुइवर्षे पढाईलाई ९ महिनामै पुरा गरी २०२४ सालमा एस एल सी परिक्षा उत्कृष्टतासहित उत्तीर्ण गर्नुभयो । घोकन्ते होइन, सिर्जनात्मक अध्ययन क्षमतासहित प्रखर प्रतिभा बनाइसक्नुभएका मदनले उच्चशिक्षा अध्ययनको तृष्णा मेट्न भारतको बृन्दावनमा बस्नुहुने दाजु मनोजलाई पछ्याउनुभयो । यहाँबाट पूर्वमध्यमा र उत्तरमध्यमाको अध्ययन पुरा गरी सकेपछि सहज वातावरणको खोजिमा उहाँ देहरादुनतर्फ लाग्नुभयो । झण्डै एकवर्ष समय देहरादुनमा बिताएपछि उहाँ यहाँबाट बाराणसीतर्फ हानिनुभयो । विषयवस्तुको गम्भिर र गहिराइमा पुग्ने गरी अध्ययन पर्ने स्वभावका मदनले अन्ततः यहीबाट बनारस संस्कृत विश्वविद्यालयबाट शास्त्री र आचार्य तहको अध्ययन पुरा गर्नुभयो । साहित्यिक गतिविधिमा विशेष रूचि राख्ने मदन अध्ययनकालमै खेलकुद, गितसङ्गीत, सामुदायिक आन्दोलन, जागरण, राजनीति आदिसँग घनिष्ठ साइनोसम्बन्ध बनाएर राख्नुहुन्थ्यो ।

बनारसमा रहँदा विशेषगरि भारतका समाजवादी नेता, कम्युनिस्ट नेताहरु ज्योति बासु, तत्कालीन भाकपाका नेता हरिकिंशु सुरजीत र नेपाली नेताहरु कमरेड पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, मोहनविक्रम सिंह, नर बहादुर कर्माचार्य, बीपी कोइराला, साहना प्रधानसँगको सम्पर्कले भण्डारीलाई नेपालमा आमूल परिवर्तनको यात्रामा लाग्न उहाँलाई अभिप्रेरित गर्‍यो।

त्यही कारण भण्डारी राजनीतिक आन्दोलनमा होमिनुमात्र भएन अन्ततः पञ्चायतविरोधी सङ्घर्षका लागि भूमिगत हुनुभयो ।उहाँ नक्सलवादी आन्दोलन, तत्कालीन झापा सशस्त्र विद्रोह हुँदै कमरेड पुष्पलालले खोलेको विद्यार्थी मोर्चाको केन्द्रीय समिति सदस्य बन्नुभयो । कमरेड मोहनचन्द्र अधिकारी, खड्गप्रसाद ओली, चन्द्रप्रकाश मैनाली, राधाकृष्ण मैनाली, रामनाथ दाहाल लागायत धेरै जना नेताहरु पञ्चायती शासकद्वारा गिरफ्तारीमा परे। विसं २०२८ फागुन २१ गते जेल सार्ने बहानामा रामनाथ दाहाल, वीरेन्द्र राजवंशी लगायतलाई झापा र इलामको सीमामा पर्ने सुखानी जङ्गलमा हत्या गरियो। अरु नेताहरुलाई जेलमा राखेर चरम यातना दिइयो। तर, सीपी मैनाली, प्रदीप नेपाल, वीरबहादुर लामा लगायतका नेताहरु जेल ब्रेक गरेर बाहिर निस्किए।

नेपालको राजनीतिक आन्दोलनको इतिहासमा मोहनचन्द्र अधिकारी १७ वर्ष लामो जेल बसे। देशभरि पञ्चायती दमन बढ्दै गयो। २०३३ को आसपासमा तात्कालीन कोओर्डिनेशन केन्द्र संगठन बिस्तारतिर लाग्यो। २०३५ सालमा नेकपा (माले) गठन भयो। त्यही बेला मदन भण्डारी तात्कालीन मालेको राजनीतिमा सक्रिय भए। पार्टी भूमिगत थियो, शीर्ष नेताहरु सबै जेलमा थिए। त्यस्तो चुनौतिपूर्ण परिस्थितिमा भण्डारीले मालेको संगठनात्मक जिम्मेवारी लिने र आन्दोलनको नेतृत्व गर्ने काम गरे। त्यसपछि भण्डारीले लगातार पञ्चायतविरोधी आन्दोलनको नेतृत्व गरिरहे। अन्ततः सफल वैचारिक र संगठनात्मक नेतृत्वका कारण उनले कम्युनिष्ट आन्दोलनमा राजनीतिक प्रतिस्पर्धाको नयाँ सिद्धान्त प्रतिपादन गरे।

साहित्यिक रूझान, संलग्नता र सक्रिय सहभागिताकै कारण प्रगतिशील साहित्यमार्फत राजनीतिक जीवन आरम्भ गर्नुभएका मदन भण्डारीले विसं २०३९ साल साउन २४ गते जिल्ला भोजपुर निवासी बुबा रामबहादुर पाण्डे र आमा मिथिला पाण्डेकी छोरी विद्यासँग विवाह गर्नुभयो । यतिबेला मदन नेपाल कम्युनिष्ट पार्टी  (माले) को केन्द्रीय सदस्य र विद्या सक्रिय महिला कार्यकर्ता हुनुहुन्थ्यो ।

पार्टीमा विकासोन्मुख प्रचलनमा रहेर विवाहबन्धनमा बाँधिनुभएका द्वयले पार्टीको झण्डामुनि कसम खाँदै दाम्पत्य जीवन आरम्भ गर्नुभएको थियो । परस्पर सहयोग, सद्भाव र समर्पणभावको यो जीवन निरन्तर पार्टी काममा लागीरह्यो । उहाँहरूका कोखबाट दुई सन्तानहरू उषाकिरण —२०४१ साउन २२ गते र निशाकुसुक —२०४४ असार १५ भएपछि पारिवारिक दायित्व बढ्नु स्वभाविक थियो । तथापि, नियमित र व्यवस्थित अध्ययन, कामप्रतिको तत्परता र लगनशीलतामा कमी आएन । यो सन्तुलित र विद्वेषपूर्ण उहाँको पारिवारिक जीवन एउटा सजिव दृष्टान्त हो ।

मूलतः अन्याय सहन नसक्ने उहाँको आफ्नैखालको बिद्रोही स्वभाव, विषयवस्तुको उच्चतम् ज्ञानको आधार, साहित्य र सिर्जनामार्फत नविन चिन्तनको विकासले उहाँलाई बनारसमा सङ्गठित रूपमा क्रियाशील राजनीतिककर्मीहरूसँग नजिकिने वातावरण बनायो । यही समयक्रममा उहाँ २०२८ पछि सक्रिय विद्यार्थी नेताका रूपमा परिचित हुनुभयो ।

प्रगतिशील साहित्य र साहित्यमूलक लेखरचनाको सम्पादन र प्रकाशनले उहाँलाई मोदनाथ प्रश्रितमार्फत नेपाली कम्युनिष्ट आन्दोलनका संस्थापक नेता पुष्पलालसमक्ष पु¥यायो । दाजु मनोजले समेत सक्रिय सहभागिता बढाउन प्रेरित गरेपछि मदन अग्रज पुष्पलालले नेतृत्व गर्नुभएको साँस्कृतिक मोर्चामा आबद्ध हुनुभयो । यही नै उहाँको औपचारिक पहिलो राजनीतिक यात्रा थियो ।२०२७–२०२८ सालतिर चरम गरीबी, पञ्चायतको हुकुमी शासन, सामन्तहरुको शोषण, किसान र मजदुरमाथि चरम दमनको अवस्था थियो।

त्यही बेला तेह्रथुमबाट भर्खरै झापा झरेका खड्गप्रसाद ओली, रामनाथ दाहाल, कृष्ण कुइँकेल, वीरेन्द्र राजवंशी, मण्डल सतार, चन्द्रप्रकाश मैनाली, राधाकृष्ण मैनाली, जीवन घिमिरे, झलनाथ खनाल लगायतका नेताहरुको नेतृत्वमा सशस्त्र सङ्घर्ष सुरु भएको थियो । जमिन्दार चन्द्रप्रसाद ढकाल लगायतका केही व्यक्तिलाई किसानमाथि चरम शोषण गरेको अभियोगसहित हत्या गरियो।

बहुआयमिक प्रतिभामय देखिने मदनको यसबेलाको सक्रियतालाई देखेर पार्टीले वि. सं. २०२९ सालमा सदस्यता प्रदान ग¥यो । यही वर्षको माघमा सम्पन्न क्रान्तिकारी बुद्धिजीवी सम्मेलनमा उहाँ सहभागी हुनुभयो । सम्मेलनले कवि युद्धप्रसाद मिश्र अध्यक्ष, मोदनाथ प्रश्रित महासचिव रहनुभएको नेपाली क्रान्तिकारी जनवादी साँस्कृतिक सङ्घको स्थापना ग¥यो, यसमा उहाँ केन्द्रीय सदस्य निर्विरोध चुनिनुभयो । यसले आफ्नो मुखपत्रको रूपमा मुक्तिमोर्चा प्रकाशन गर्न थाल्यो । यस प्रकाशन समूहमा रहेर मदन साँस्कृतिक क्षेत्रमा क्रान्तिकारी दर्शन र चिन्तनलाई फैलाउन थाल्नुभयो । यहाँबाट उहाँको विधिवत् र व्यवस्थित राजनीतिक जिम्मेवारीसहितको यात्रा आरम्भ हुन्छ ।

मदन भण्डारी नेपालको लोकतान्त्रिक आन्दोलनका एकजना प्रखर अगुवा र कम्युनिष्ट आन्दोलनका विशिष्ट सिद्धान्तकार मानिनुहुन्छ ।उहाँद्धारा प्रतिवादितत जनताको बहुदलीय जनवादले नेपालको कम्युनिष्ट आन्दोलनमा निकै ठूलो अर्थ राख्दछ।

मूख्यतः कम्युनिष्ट आन्दोलनलाई शान्तिपूर्ण सङ्घर्षको बाटोमा डोर्‍याउँदै समाजवाद हुँदै साम्यवाद पुर्‍याउने मान्यताका साथ अघि सारिएको थियो, जनताको बहुदलीय जनवादको कार्यक्रम। नेकपा (एमाले) को २०४९ मा सम्पन्न पाँचौं महाधिवेशनले मदन भण्डारीको प्रस्तावलाई जनताको बहुदलीय जनवादका रुपमा अनुमोदन गर्‍यो।

पोखरामा पार्टीको कार्यक्रम सिध्याएर चितवनमा अखिल नेपाल महिला संघको कार्यक्रमको जिल्ला अधिवेशन लगायत तराईको पार्टी कामको सिलसिलामा देशी बिदेशी साँठगाँठका कारण दासढुंगामा भण्डारीको सुनियोजित षडयन्त्रका साथ हत्या गरियो। २०५० साल जेठ ३ गते नेपाली कम्युनिष्ट आन्दोलनमा एउटा अप्रिय घटना घट्यो। कम्युनिष्ट आन्दोलनमा शान्तिपूर्ण धाराका एक चिन्तक भण्डारीको दुर्घटनामा परी मृत्यु भयो।

यद्यपि, भण्डारीको अवसान आकस्मिक दुर्घटना हो वा षड्यन्त्रपूर्ण हत्या ? यो विषय भने आजसम्म बहसमै छ। मदन भण्डारी एक सुप्रसिद्ध सिद्धान्तकार, राजनीतिज्ञ, लेखक र संगठक । नेपालको कम्युनिष्ट आन्दोलनको शान्तिपूर्ण यात्रामा भण्डारीको निकै ठूलो योगदान रहेको छ।   भण्डारीको दूर्घटनामा परे्र निधन भएको २८ बर्ष व्यतित भइसकेको छ । त्यसलाई हत्या भन्नेहरु धेरै छन् । यतिखेर उहाँकै पत्नी विद्यादेवी भण्डारी राष्ट्रपतिको ओहोदामा हुनुहुन्छ । यद्यपि त्यो दूर्घटा थियो वा हत्या आजसम्म खोज अनुसन्धान हुन सकेको छैन् ।