• प्रदेश १
  • मधेश प्रदेश
  • बाग्मती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम
  • प्रिति-युनिकोड

Himalaya Post
  • गृहपृष्ठ
  • राजनीति
  • अर्थ/बैंकिङ
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • विश्व
  • | English Edition |

Select Page




चिनले तिब्बती महिलामाथि भेदभाव गरेको आरोप

May 17, 2023 |

चिनले तिब्बती महिलामाथि भेदभाव गरेको आरोप

578
SHARES
ShareTweet

एजेन्सी– तिब्बती महिलाहरूको अवस्थालाई लिएर चिन्तित महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय समिति (सिइडिएडब्ल्यु)ले चीनलाई प्रश्न गरेको छ ।


ADVERTISEMENT


सिइडिएडब्ल्यु महासन्धिका प्रावधान कार्यान्वयनको जिम्मेवारीमा रहेको उक्त समितिले न्युयोर्कमा हालै सम्पन्न बैठकमा तिब्बती महिलाका अधिकार तथा हितका बारेमा गहिरो चासो व्यक्त गरेको तिब्बत अधिकार समूह तिब्बत राइट्स कलेक्टिभले जनाएको छ ।


ADVERTISEMENT

# # #


तिब्बतमा बस्ने महिलाको लैङ्गिक समानता, स्वास्थ्य सेवा तथा शैक्षिक पहुँच, राजनीतिक संलग्नता, धार्मिक एवम् सांस्कृतिक अधिकार संरक्षणलगायत विषयमा चीन सरकारसँग जवाफ मागेको छ । गत साता भएको उक्त बैठकमा महिला हकअधिकार संरक्षणसम्बन्धी तिब्बत ब्युरो र तिब्बती महिला सङ्घले तिब्बतमा महिलाले झेल्नुपरेका समस्याबारे जानकारी दिएका थिए ।

बैठकमा ती संस्थाका प्रतिनिधिले महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलनसम्बन्धी अन्तरराष्ट्रिय महासन्धिको कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए । मानवअधिकार समूहले उठाएका विषयमा चीन सरकारका तर्फबाट समितिलाई जवाफ दिँदै सिइडिएडब्ल्युका प्रतिनिधिले लैङ्गिक समानता सुनिश्चित गर्न, तिब्बती महिलाको अवस्थामा सुधार ल्याउन, महिला अधिकार सुदृढ तुल्याउन तथा उनीहरूलाई थप अधिकार दिने प्रयास भइरहेको बताएका थिए ।

तिब्बत राइट्स कलेक्टिभले तिब्बती महिलाका समस्या समाधानमा गम्भीर हुन चीन सरकारलाई आह्वान गर्दै उनीहरूका सीमित आर्थिक विकल्पका साथै सांस्कृतिक एकीककरण, समानताको सुनिश्चिततातर्फ ध्यानाकर्षण गराएको छ ।

चिनियाँ प्रतिनिधिले तिब्बती महिलाको शिक्षा, स्वास्थ्य सेवा, गरिबी निवारण र रोजगारीका अवसर प्रदान गर्नाका साथै भेदभाव रोक्न सरकार प्रतिबद्ध रहेको बताएका थिए । मानवअधिकार संरक्षण तथा भेदभावविरुद्ध चिनियाँ सरकार गम्भीर नबनेको आरोपका कारण बेलाबेलामा विश्वमञ्चमा तिब्बत चर्चामा आउने गरेको छ ।


#
#

#









#




#


#


Share:

Rate:

Previousराहुल गान्धीविरुद्ध झारखण्ड उच्च अदालतमा अर्को मानहानी मुद्दा दायर
Nextजिपको ठक्करबाट बालकको मृत्यु

ताजा खबर

  • सानिमा रिलायन्सद्वारा बाजुराका विद्यार्थीहरूलाई शैक्षिक सामग्री राख्ने झोला वितरण
  • राष्ट्रको नाममा मोदीको सम्बोधन : ‘अपरेशन सिन्दूर’ मा आतङ्कवादविरुद्ध निर्णायक सफलता
  • ८ घण्टादेखि बीपी राजमार्ग अवरुद्ध, बेपत्ता महिलाको खोजी गरिँदै
  • यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
  • पशुपति क्षेत्रमा राष्ट्रसेवा शक्ति साधना नशामुक्ति शिविर गरिने

#
#
#
#
#
#
#
#
#
#
#
#

#

#
#
#

#
#
#

हिमालय पोष्ट

प्रकाशक –

लजिक मिडिया प्रा.लि.

ठेगाना – काठमाण्डौ – ४ , बालुवाटार
फोन नं. – +977-1-5705523
www.himalayapost.com

सूचना विभाग दर्ता प्रमाणपत्र नं. १७२ / ०७३ – ७४

ईमेल –
[email protected], [email protected], [email protected]

लजिक मिडियाद्वारा सञ्चालित हिमालय पोष्ट अनलाईन न्यूज पोर्टलका लागि :

अध्यक्ष / प्रधान सम्पादक – लोमस चापागाई

प्रबन्ध निर्देशक / सम्पादक – मिलन भण्डारी

डेस्क सम्पादक – रामचन्द्र पाण्डे

लेखकहरु –
डा. सुरेन्द्र झा
यादबकुमार भट्टराई
गोबिन्द ज्ञवाली
कुसुम भट्टराई


हाम्रो बारे – सम्पूर्ण टिम

© Logic Media Pvt. Ltd. 2017-2025 | All Rights Reserved