काठमाडौँ– हिमालयन बैंक लिमिटेडले बुढानिलकण्ठस्थित काठमाडौँ इन्सटिच्यूट अफ चाइल्ड हेल्थलाई बाल अस्पताल निर्माणका लागि आर्थिक सहयोग गरेको छ ।


ADVERTISEMENT


बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत चाइल्ड हेल्थलाई २० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको हो ।


ADVERTISEMENT

# # #


बुधवार एक समारोहबीच बंैकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणाले सो संस्थाका अध्यक्ष प्रो.डा. भगवान कोइरालालाई सो रकम बंैकका अन्य वरिष्ठ पदाधिकारीहरुको उपस्थितिमा एक समारोहकाबीच हस्तान्तरण गरेका हुन् ।

सन् २०१७ सालमा स्थापना भएको काठमाण्डौँ इन्सटिच्यूट अफ चाइल्ड हेल्थ, एक गैर नाफा मुलक संस्थाका रुपमा सबैका बाल–बच्चाहरुका लागि सुलभ मूल्यमा सहज ढङ्गले उच्च गुणस्तरको बाल स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्यका साथ अग्रसर रहेको छ ।

सो संस्थाले दमकमा पनि बाल अस्पताल संचालनमा ल्याई सेवा प्रदान गरेको छ । उक्त संस्थाको सत्कर्मलाई आत्मसाथ गर्दै बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक सहयोग प्रदान गरेको हो ।