काठमाडौँ– आइएमई डिजिटल सोलुसन लिमिटेडको आइएमई पे र सिनामंगलस्थित क्रिस्टल डाइग्नोस्टिक बीच भुक्तानी छुट साझेदारी सम्झौता भएको छ । सम्झौता अनुसार, क्रिस्टल डाइग्नोस्टिकमा आइएमई पे मार्फत भुक्तानी गर्दा फ्ल्याट १५ प्रतिशत छुट प्राप्त गर्न सकिने छ ।


ADVERTISEMENT


सो सम्झौता अन्तर्गत ग्राहकवर्गलाई आफ्नो स्वास्थ्य सम्बन्धी क्रिस्टल डाइग्नोस्टिकको कुनै पनि सेवा प्रयोग गरी आइएमई पे मार्फत भुक्तानी गर्दा १५ प्रतिशत छुट प्राप्त हुनेछ ।


ADVERTISEMENT

# # #


पहिलो चरणमा छ महिनाको लागि गरिएको यस सम्झौता मार्फत ग्राहकहरुले क्रिस्टल डाइग्नोस्टिकको आउटसोर्सिङ टेस्ट र अल्ट्रासाउन्ड सेवा बाहेक अरु सबै सेवामा सो छुट प्राप्त गर्न सक्नेछन् ।