काठमाडौँ– नेपालको अग्रणी इन्टरनेट सेवाप्रदायक कम्पनी सुविसु केवलनेटले अब आफ्ना ग्राहलाई तीव्र गतीको इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ ।


ADVERTISEMENT


नेपालका घरघरमा ब्रोडब्याण्डको पुर्वाधार विकास गर्ने नेपाल सरकार तथा नेपाल दुर सञ्चार प्राधिकरणको उद्देश्य अनुरुप सुविसुले प्रदेश नं २ का आठ जिल्लामा एफटीटीएच नेटवर्कको पूर्वाधार विकास गर्नको लागि प्राधिकरणबाट अनुमती पाएको छ ।


ADVERTISEMENT

# # #


आफ्नो नेटवर्कलाई सुदिृढ गर्न तथा ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्नको लागि सुबिसु केबलनेट प्रा.लि.ले नोकियासँग गुणस्तरीय उत्पादनको लागि सहकार्य गरेको छ । सुविसु, नोकिया र नियोटेरिक नेपालबीच यसबारे सम्झौता भएको हो ।

ग्राहकलाई उच्चस्तरीय सेवा उपलब्ध गराउनका लागि कम्पनीले तुरुन्तै २.५ जिपिएस गतिको इन्टरनेट र भविष्यमा १० जिपिएस गतिको इन्टरनेट सेवा प्रदान गर्ने मुख्य उद्देश्य राखेकोे छ । यससंगै सुविसुले देशभरी नै अप्टिकल फाइबर नेटवर्कको पनि विस्तार गरिरहेको छ ।

सुविसुले सहकार्य गर्न लागेको नियोटेरिक नेपाल विगत १५ वर्ष देखि नेपालमा प्रविधिको विकास र विस्तारमा लागेको संस्था हो । जसले विश्व प्रसिद्ध कम्पनी डेल, एचपी र नोकियाको पनि प्रतिनिधित्व गर्दछ ।