काठमाडाैँ– भक्तपुर र ललितपुरको रमणीय संगमस्थल हो, लाँकुरी भञ्ज्याङ । २ हजार मिटरको उचाइमा रहेको लाँकुरी भञ्ज्याङ ललितपुरको ग्वार्कोबाट करिब १८ किलोमिटरको दूरीमा पर्छ । भञ्ज्याङको टुप्पोमा छ– दि टेरेसेस् रिसोर्ट एण्ड स्पा । झण्डै १ अर्ब रुपैयाँ लगानी भएको यो रिसोर्ट काठमाडौंनजिक बस्न चाहने विलासी पर्यटकका लागि आकर्षक बन्न सक्छ ।
रिसोर्टबाट पूर्वमा सगरमाथादेखि पश्चिममा धवलागिरिसम्मका हिमशृंखलाको दृश्यावलोकन गर्न सकिन्छ । अनि, काठमाडौं उपत्यकाको मनोरम दृश्य पनि देखिन्छ । जंगलको बीचमा रहेको यो रिसोर्टले प्राकृतिक दृश्यालोकन मात्र होइन, जंगलमा पदयात्रा, योगासमेत गर्न सकिन्छ ।
१० वटा भिल्ला भएको रिसोर्टमा हरेक कोठाबाहिर टेरेस अर्थात् खेतको गराजस्तै निकालिएको छ । रिसोर्ट तथा स्पाका अध्यक्ष आङछिरिङ शेर्पाको भनाइअनुसार पाहुनाहरूलाई कोठाभित्रबाटै प्रकृतिको मनोरम दृश्यावलोकन गर्न सहज होस् भनेर हरेक रुमको बाहिर बरन्डा वा टेरेस बनाइएको हो ।
रिसोर्ट तथा स्पाको डिजाइन नै नेपालमा प्रचलनमा रहेको आलीखेती हो । होटल बनाउँदा डोजर र अन्य हेभी इक्विपमेन्ट प्रयोग गरिएको छैन । भौगोलिक संरचना नबिगारी पहाडी संरचनाअनुसार नै भवनहरू बनाइएको छ । रिसोर्ट ४० रोपनी क्षेत्रफलमा फैलिएको छ ।
रिसोर्टमा आउने पाहुनाका लागि आफ्नै जग्गामा उत्पादित खाना खुवाउन खेती पनि गरिएको छ । साथै, फलफूल खेती पनि गरिएको छ । सन् २०१४ देखि निर्माण सुरु भई २०२१ देखि सञ्चालनमा आएको रिसोर्टमा करिब १ अर्ब लगानी भएको छ । रिसोर्टमा २८ वटा स्यान्डर्ड, १६ वटा डिलक्स र २ वटा सुइट रुम छन् ।

स्यान्डर्ड रुमको २२० डलर, डिलक्स रुमको प्रतिरात २७५ डलर र सुइट रुमको ६०० डलर प्रतिरात पर्छ । रुमअनुसार ज्याकुजी र मिनी बारको सुविधा पनि छ । रिसोर्टमा कोइ फिस पोखरी छ । डिलमा बसेर काठमाडौंको मनोरम दृश्य हेर्न तथा माछा पौडी खेलेको हेर्न सकिन्छ ।
रिसोर्टमा खुला स्वीमिङ पुल र ज्याकुजी पनि छ । पाहुनाहरूको मनोरञ्जनका लागि दुईवटा विलियर्ड रुम छन् । साथै, योगा, स्पा र जिमका अलगअलग कक्षहरू छन् । छोटो समयमै सगरमाथा क्षेत्र पुग्न चाहने पर्यटकका लागि रिसोर्टले प्राइभेट हेलिप्याडसमेत सञ्चालन गरेको छ ।
रिसोर्टमा बसेका वा मन्थली जान नसक्ने पाहुनाले लुक्ला जान चाहे रिसोर्टको हेलिप्याट प्रयोग गर्न सक्छन् । नयाँ नियमअनुसार लुक्लाको उडान काठमाडौं नभई मन्थलीबाट गर्नुपर्ने हुन्छ । समयको चाप हुने पाहुनले पनि रिसोर्टको हेलिप्याड प्रयोग गरी लुक्ला उडान गर्न सक्छन् ।
पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको एस्ट्रेक समूह र अर्जुन शर्माको अग्नि समूहले दि टेरेस नामक रिसोर्ट एण्ड स्पा सञ्चालनमा ल्याएका हुन् । रिसोर्टवरिपरिको वनजंगल मासिन नपाओस् भनेर ८ सय रोपनी जंगल लिजमा लिइएको छ ।
जंगलमा रुखबिरुवालाई असर नपर्ने गरी तरकारी र जडीबुटी खेती गर्ने योजना रहेको छ । रिसोर्ट सन् २०१४ देखि निर्माण सुरु भई २०२१ देखि सञ्चालनमा आएको हो ।
रिसोर्टमा आउने पाहुनाका लागि आफ्नै जग्गामा उत्पादित खाना खुवाउन खेती पनि गरिएको छ । साथै, फलफूल खेती पनि गरिएको छ । रिसोर्टमा कोइ फिस पोखरी पनि भएकाले डिलमा बसेर काठमाडौँको मनोरम दृश्य हेर्न तथा माछा पौडी खेलेको हेर्न सकिन्छ ।
काठमाडौँ उपत्यकाभन्दा पनि अलिक उचाइमा यो रिसोर्ट रहेकाले पर्यटकहरू वातानुकूलित हुन सक्ने र यसले उनीहरूको बसाइ पनि सहज हुने सञ्चालकहरूको भनाइ छ ।
फाेटाे साभार