काठमाडौँ– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार आफ्नो प्ररम्भिक कर्तव्यमै असफल भएको बताएका छन् ।


ADVERTISEMENT


आइतबार प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथि ओलीको टिप्पणी गर्दे ओलीले सो धारणा व्यक्त गरेका हुन् ।


ADVERTISEMENT

# # #


‘त्यही असफलताको दस्तावेजको रुपमा यो नीति कार्यक्रम आएको छ’, उनले भने । यस्तै, नीति तथा कार्यक्रममा थुप्रै अन्तरविरोध रहेको र उदाहरणका लागि बुँदा नम्बर ५ र १४ लाई लिन सकिने बताउँदै उनले भने, ‘सरकारको योभन्दा गम्भीर जिम्मेवारी के हुनसक्छ ?’

साथै सदन र विश्वसमुदायकै फरक कुरा गर्ने सरकारको तर्फबाट प्रस्तुत उक्त नीति तथा कार्यक्रमलाई कसरी विश्वास गर्ने ? भनेर उनले प्रश्न समेत गरेका छन् । जुनसुकै राष्ट्रमा पनि समस्या हुने र त्यसको समाधानका लागि नै सरकार बन्ने उनले जनाए । यद्यपि समस्यालाई दोष लगाएर सरकार उम्किन नमिल्ने उनको तर्क छ ।